कालिगण्डकीका टोल टोलमा राजमो

0
464

शकर प्रसाद पोख्रेल, गुल्मी ।
राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संगठनात्मक अभियान अन्तर्गत गुल्मीमा जिल्लाव्यापी सदस्यता वितरण तथा संगठन निर्माण भइरहेको छ । त्यस क्रममा कालिगण्डकी गाउँपालिकाका टोल टोलमा राजमोले संगठन निर्माण गरेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीयस सदस्य रामकुमार क्षेत्रीले जानकारी दिनुभएको छ ।

अभियानकै क्रममा गाउँपालिकाको वडा नं ४ फुर्सेखानीमा राजमोको टोल समिति गठन भएको छ । समितिको अध्यक्षमा चन्द्र बहादुर श्रीष, उपाध्यक्ष इन्दबहादुर बुढा, सचिव मुकुन्द श्रीष, सहसचिव नरमाया श्रीष र कोषाध्यक्षमा अन्जु राना चयन हुनुभएको छ । सदस्यहरमा हरि राना, शेरबहादुर राना, विरेन्द्र श्रीष, कुमारी क्षेत्री, रिता श्रीष, मनिसा श्रीष, विष्णु बुढा, आशा बुढा रहनुभएको छ भने हाललाई २ स्थान रिक्त राखिएको छ ।

कार्यक्रममा राजमोका केन्द्रीय सदस्य तथा कालीगण्डकी गाँउपालिकाका उपाध्यक्ष तारा क्षेत्रीले भ्रष्टाचार, महंगी, कर वृद्वि हुनुको मुख्य कारण राष्ट्रलाई नचाहिएको संघीयताको कारण भएको बताउनु भयो । कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षा, संघीयताको विरोध गर्न सम्पुर्ण जनता एक हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब जनताले राष्ट्र र राष्ट्रियता खतराबाट मुक्त गर्नुछ ।’उहाँले अरु कुनै पार्टीमा नभएर सम्पुर्ण जनता राजमोमा गोलवद्व हुन समेत आग्रह गर्नुभयो । राजमो कालीगण्डकी गाँउपालिकाका अध्यक्ष गंगा केसी र राजमो जिल्ला सदस्य पूर्णबहादुर थापाले भेला सफताको शुभकामना दिनुभएको थियो ।

त्यस्तै, रम्फैको ६ मा १७ गते समिति गठन भएको छ। समितिको अध्यक्ष बलबहादुर थापा, उपाध्यक्ष नवीन थापा, सचिव प्रकृति थापा, सहसचिव प्रेम नेपाली र कोषाध्यक्षमा सारदा थापा चयन हुनुभएको छ । सदस्यहरुमा नरबहादुर थापा, दलबहादुर थापा, बलबहादुर थापा, गंगाबहादुर थापा, हरिकला थापा, कुमारि थापा, राजबहादुर थापा, कृष्टि थापा, ओमकली थापा, उमा थापा, आशा थापा, राधा थापा, दिपक नेपाली, मिरा थापा, राजबहादुर थापा, कोपिला थापा रहनुभएको छ भने २ स्थान रिक्त रहेको छ ।

SHARE