जेसिबी खस्दा एकजनाको मृत्यु

0
333

फागुन १९, २०७६ पर्वत: हिमाली पारीको जिल्ला मुस्ताङमा कालिगण्डकी कोरिडोर खनिरहेको अवस्थामा जेसीबी खस्दा एक जनाको मृत्यु भएको छ।

कालीगण्डकी करीडोर निर्माणको लागि थासाङ गाउँपालिका ४ घाँसाको घैकुमा सडकमा काम गरिरहेको अवस्थामा सडकमाथिबाट आएको सुख्खा पहिरोले धकेलिएर जेसीबी खस्दा घटना भएको हो। घटनामा परी मृत्यु हुनेमा जेसीबीका अपरेटर रहेको खुलेको भए पनि उनको पहिचान नखुलेको र उद्धारको काम चलिरहेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले  बताए।

जेसीबी सडकबाट झन्डै ३ सय ५० मिटर तल खसेको छ भने उद्धारको लागि नपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। जेसीबीमा अपरेटर बाहेक अन्य मान्छे थिए वा थिएनन् भन्ने बारेमा नखुलेका कारण उद्धारमा गएको टोलीले उद्धार कार्य सकेपछि मात्र विस्तृत जानकारी प्राप्त हुने प्रजिअ अर्यालको भनाई छ। ‘घटना भएको ठाउँ केही अनकन्टार जस्तो रहेका कारण त्यहाँ राम्रोसँग नेटवर्क नटिप्ने र फोन सम्पर्कका लागि केही पर जानुपर्ने भएका कारण सबै विवरणहरू सुरुमा नै सङ्कलन गर्न कठिन भएको हो।’ उनले भने, ‘जेसीबीमा धेरै मान्छे हुने त कुरै भएन कोही सहयोगी राखेको हुन सक्छ। त्यसका लागि सुरक्षा निकायले उद्धारका लागि तीव्र रूपमा काम गरिरहेको छ।’ सोही क्रममा बसमा यात्रा गरेकी एक महिला पनि घाइते भएकी छिन्।

जेसीबीले बाटो खनिरहेको बेलामा बसबाट ओर्लिएर अवलोकन गरिरहेकी ती महिलाको परिचय नखुलेको तर एम्बुलेन्स मार्पत उपचारको लागि मुस्ताङकै लेतेमा रहेको स्वास्थ्य संस्थामा लगिएको छ।

SHARE