पृथ्वी माविलाई नमुना बनाउँछौ : पुर्व मन्त्री बिष्ट

0
447

टोपलाल अर्याल
गुल्मी, १५ फागुन :पृथ्वी मावि मदाने गाउँपालिका ६ पुर्कोटदहको नवनिर्मित चार कोठे भवनको उद्घाटन गरिएको छ । पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले भवनको उद्घाटन गरे ।

राष्ट्रिय पुन: र्निमाण प्राधिकरणको ६९ लाख २६ हजार छ सय ३० रुपैयाँको लागतमा भवन निर्माण गरिएको प्रध्यानाध्यापक धनिश्वर अर्यालले बताए । बिस २०१४ सालमा स्थापना भएको बिद्यालयका संरचना जिर्ण बन्दै गएपछि प्राधिकरणको सहयोगमा नयाँ भवन निर्माणको काम भएको थियो । अहिले बिद्यालयमा छ सय ३९ जना बिद्यार्थीले अध्ययन गर्दै आएका थिए ।

बिद्यालय भवन उद्घाटन साथै ६३ औ बार्षिक उत्सवलाई संवोधन गर्दै पुर्व मन्त्री बिष्टले पृथ्वी माविलाई नमुना बनाउन आफुले प्रयत्न गर्ने बताए । उनले अत्यन्तै पुरानो शैक्षिक धरोहरका रुपमा स्थापित पृथ्वी माविलाई सकेसम्म नमुना बिद्यालय बनाउने र नभए संरचना निर्माणको लागि प्रयाप्त बजेटको व्यावास्था मिलाउने प्रतिवद्धता व्यक्त गरे । उनले अहिले पनि कैयन नागरिक गरिवीको रेखामुनी रहेकाले बिस्तारै उनीहरुको जीवनमा परिवर्तन गर्न सरकार लागि रहेको बताए ।

निर्वाचन क्षेत्रको सन्दर्भमा सडकहरुको स्तरवृद्धिसंगै पक्की बनाउने, स्वास्थ्यचौकी र बिद्यालयका भवन निर्माण, खानेपानी, बिद्युत र खरका छाना बिस्थापनको कामलाई प्राथमिकता दिएकाले जनजीवनलाई अर्र्थाेपार्जनसंग जोडिने आयमुलक काम पनि तीन वटै सरकार मिलेर अगाडी बढाउने बताए । कार्यक्रममा गाउँपालिका प्रमुख दान बहादुर केसी, उपप्रमुख सरिता खड्का लगायत राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी एवं सरोकारवालाको सहभागीता रहेको थियो ।

SHARE