अचेत अबस्थामा शौचालयमा फेला परेका पुरुषको उपचारका क्रममा मृत्यु

0
473

फागुन १२,२०७६ गुल्मी  :अचेत अबस्थामा शौचालयमा फेला परेका एक ब्याक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।
आईतबार साँझपख सदरमुकाम तम्घासको बालमन्दिरको शौचालयमा अचेत अबस्थामा फेला परेका कुनै पहिचान नखुलेका अन्दाजी ५० बर्षका पूरुषको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।
शबलाई पोष्टमार्टम गरी गुल्मी अस्पतालमा राखिएको र कुनै पहिचान नखुलेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । शौचालयमा अचेत अबस्थामा फेला परेका पुरुषको कुनै पहिचान नभएको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।

SHARE