नेपाली जनसम्पर्क समितिको पहलमा पॉचहजार नि:शुल्क माक्स बितरण

0
932

रामकृस्ण कंडेल,फागुन८ नेपाली जनसम्पर्क समिति हड०कड० को पहलमा हड०कड०मा नि:शुल्क माक्स बितरण गरिएको संस्थाका अध्यक्ष मिन गुरूड०ले बताऊनु भएको छ।

अध्यक्ष मिन गुरूड०का अनुसार कोरोना भाइरस निमोनिया बाट बच्नको लागि सहयोग पुगोस भन्ने उध्देश्यले सर्ब साधरणको लागि पॉच हजार मास्क बितरण गरिएको हो।सेवा नैँ धर्म हाे भन्ने मान्यता लाई शिरोधार्य गर्दै आएको यस संस्थाले समय समयमा महत्वपूर्ण सेवामुलक कार्य गर्दै आएको बताऊदै यस बिपतको क्षणमा केहि गर्नु पर्छ भन्ने उध्देश्यका साथ सयौं जना नेपाली समुदाय र चिनिया हरू लाई नि:शुल्क माक्स बितरण गरिएको हो।नेपाली जनसम्पर्क समितिका कार्य समिति सदस्यहरू,सल्लाहकार लगायत लाई सहयोग कार्यमा सहयोग पुर्याऊनु भएकोमा अध्यक्ष गुरूड०ले धन्यबाद ब्यक्त गर्नु भएको ।

सामाजिक अभियान्ताको रूपमा समेत ख्याति प्राप्त अध्यक्ष गुरूड०ले पुन्य कार्य प्रति जहिले पनि सम्बन्धित सबै बाट सहयाेग,सुझाव र सल्लाहको अपेक्षा गर्नु भएको छ।सहयोग बितरण कार्य पश्चात अध्यक्ष मिन गुरूड०ले आफ्नो भनाई यसरी व्यक्त गर्नु भएको छ”नेपाली जनसम्पर्क समिति हङकङले सेवा नैँ धर्म हाे भन्ने उदेस्यले थाेरै भएपनि नि:शुल्क माक्स बितरण गरिसकेकाे जानकारी गराउदै,जाे जसले अार्थिक सहयाेग गर्नु भयाे म उहाँहरुलाई हृदय देखि धन्यवाद दिन चाहन्छु।नेजस का कार्य समितका साथीहरु,नेपाली जनसम्पर्क समितिका अादरणीय मान्यजन सल्लाहकार ज्युहरु जहिले पनि सहयाेग,सुझाव, सल्लाह दिनुहुन्छ,उहाँहरु प्रती हार्दिक अाभार,दुई हात जाेडछु।अरु साथीहरुले पनि धेरै सहयाेग गर्नु भएकाेछ।उहाँहरुमा पनि धन्यवाद दिदै छाेटाे समयमा पुन्य काम भएकाे जानकारी गराउदै सबैमा धन्यवाद दिदै यहाँहरुकाे सहयाेग सदा कदर गर्ने छु’।निकै सरल,नम्र र परोपकारी स्वभाबका धनी अध्यक्ष गुरूडको पहलमा सम्पन्न मास्क बितरण कार्य प्रति हड०कड०को स्थानिय बजारमा बसोबास गर्ने नेपाली तथा चिनिया हरूले यस कार्यको खुलेर प्रसंसा गरेको बताईएको छ।

कोरोना भाइरसले पिडित गराएको अबस्थामा सानो भए पनि पुन्य कार्य गर्न पॉऊदा अध्यक्ष गुरूड०लगायत कार्य समितिका पदाधिकारी हरूमा खुसी थपिएको छ। ल्याटिन शब्दमा क्राउनलाई कोरोना भनिन्छ। यो भाइरस पनि त्यस्तै देखिने भएकाले नयाँ कोरोना भाइरस २०१९ नाम दिइएको हो।तर,यो भाइरसको प्रकृति कोरोना भाइरसभन्दा केही फरक पाइएको विज्ञ बताउँछन्।तत्काललाई चिनियाँ विज्ञले यसलाई कोरोना भाइरस निमोनिया नामकरण गरेका छन्। सार्सलगायत हालसम्म भएका भाइरस प्रकोपभन्दा यसले धेरैको ज्यान लिएको छ।यो भाइरस संक्रमित कतिपय व्यक्तिमा लक्षण नदेखिने तर अरूमा सर्ने गरेको पाइएको विज्ञ बताउँछन्।चिनियाँहरू आफ्नो नयाँ वर्ष मनाउने तयारीमा रहेका बेला भाइरस देखापरेको थियो।गत डिसेम्बरमा पहिलो पल्ट कोरोना संक्रमित व्यक्ति भेटिएको थियो। हाल चिनमा संक्रमितको संख्या हजारौं पुगेको बिभिन्न मिडिया हरूले जनाएका छन।

SHARE