बार्सिकोत्सबको चौथो दिनका कार्यक्रम हरू भब्यरुपमा सम्पन्न

0
580

रामकृस्ण कंडेल,फागुन ९  :

संस्कृति संरक्षण मन्च कॉडेबासको १९औं बार्सिकोत्सबको चौथो दिनका कार्यक्रम हरू भब्यरुपमा सम्पन्न भएको अध्यक्ष पदम सलामीले जानकारी दिनु भएको छ।

आज खुला फुटबलको सेमिफाइनल,ब्याडमिन्टन,लोकगित प्रतियोगिता लगायतका कार्यक्रम हरू सन्चालन गरिएको थियो।कार्यक्रममा भाग लिन निकै टाढा टाढा बाट खेलाडि हरू आएको देखिन्छ।खराब मौसमको बाबजुद कार्यक्रम अगाडि बढाईएको र ठुलो संख्यामा दर्शक हरूको उपस्थिति रहदै आएको अध्यक्ष पदम सलामीको भनाई रहेको छ।चौथो दिन फागुन९को कार्यक्रममा रास्ट्रिय कलाकार जुना श्रीस लगायतको सॉगितिक प्रस्तुति रहेको थियो। संस्कृति संरक्षण मंच बागलुंग कॉडेबासका सल्लाहकार रेशम बुढाथोकीका अनुसार फागुन१०गते बिधिवत रूपमा कार्यक्रमको समापन हुनेछ।समापन कार्यक्रम लाई भब्य र सब्य बनाऊन आयोजक हरू सकृय रूपमा लागिपरेको बताईएको छ।

१९औ बार्षिकोत्सब६गते बाट शुरू भएता पनि १०गते लाई ऊदघाटन तथा समापनको दिन गराईएको छ।अन्तिम दिन१०गते बागलुंग क्षेत्र नम्बर २का माननीय सांसद देवेन्द्र पौडेलको प्रमुख आतिथ्यमा बिबिध कार्यक्रम हरू सम्पन्न हुने सल्लाहकार रेशम बुढाथोकीले बताऊनु भयो।साथै सल्लाहकार बुढाथोकिले फागुन १०गते क्लबले केहि ऐतिहॉसिक कार्यक्रम हरू समेत घोषणा गर्ने संभाबना रहेको बताऊनु भयो।

बार्षिकोत्सब कार्यक्रममा खेलाडि,कलाकार,शुभेच्छुक हरूको आगमनले कॉडेबास बजार क्षेत्रमा निकै चहल पहल बढेको छ।सॉझ अबेर सम्म सन्चालन हुने सॉगितिक प्रस्तुति हरूले यस क्षेत्र निकै रमणिय बनिरहेको छ।

SHARE