राष्ट्रिय खोप कार्यक्रम दादुरा-रुबेला खोप अभियान

0
538

रामकृष्ण कडेल

फागुन गुल्मी।

राष्ट्रिय खोप कार्यक्रम दादुरा-रुबेला खोप अभियान  गुल्मि जिल्लामा आजदेखि सुरु भएको छ्।

देशैभर फागुन १ देखि ३० सम्म पहिलो चरणमा प्रदेश नम्बर १ प्रदेश नम्बर २ र  प्रदेश नम्बर ५ का ३४ जिल्लाहरु का सबै ३८२ पालिकाहरु र चैत्र १ देखि ३० सम्म दोस्रो चरणमा  प्रदेश नम्बर ३ , गण्डकि प्रदेश , कर्णालि प्रदेश र सुदुरपश्चिम प्रदेशका ४३ जिल्लाका सबै ३७१ पालिकाहरुमा गरि सुरु हुने अभियान अन्तर्गत आज देखि गुल्मिमा यो अभियान सुरु भएको हो।खोप बाट मात्र बचाउन सकिने श्वास प्रश्वास को माध्यम बाट एक ब्याक्ति बाट अर्को ब्याक्तिमा सर्ने दादुरा रुबेला रोग शरिरमा बिमिरा आउने, ज्वोरो आउने, आखा रातो हुने , घाटिका ग्रन्थिहरु बढ्ने बिमिरा सुरुमा अनुहारमा आउने र पछि शरिरका अन्य भागमा सर्दै जाने, जस्ता लक्षण देखिन्छ्न । यो रोग लागेर हुने जटिलता निकै खतरनाक हुन्छ्न आखामा समस्या आइ अन्धोपन हुने, कान पाक्ने, न्युमोनिया हुने , मस्तिष्क ज्वरो आउने, कम्पन हुने, सुस्त मनस्थिति हुने र जटिलताको कारण मृत्यु पनि हुन सक्ने हुन्छ्।

गुल्मिदरबार गाउपालिकामा गुल्मिदरबार गाउपालिका वडा नम्बर ७  देउराली खोप केन्द्र बाट स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले उद्घाटन गर्नुभएको थियो । उक्त केन्द्रमा प्रमुख अतिथि अर्यालले बच्चालाइ टिका र माला लगाएर खोप दिइ उद्द्घाटन गर्दा उपस्थित सबै दङ्ग परेका थिए।९ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाइ दादुरा रुबेला खोप प्रदान गरि दादुरा रुबेलाको रोगिको सङ्ख्यामा उल्लेखनीय रुपमा कमि गरि यसबाट हुने अपाङ्गता र मृत्यु दर लाइ सुन्य अवस्थामा पुर्याउने र दादुरा रुबेला खोप कभरेज कम्तिमा ९५% भन्दा माथि पुर्याइ सन २०२३ सम्ममा दक्षिण पुर्व एसियामा दादुरा रुबेला निवारण गर्ने लक्ष्य अनुरुप अभियान सन्चालन गरिएको स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले जानकारि दिनु भएको छ्।

दरबार देबिस्थान स्वास्थ्य चौकि ब्यवस्थापन समिति अध्यक्ष टोप बहादुर बस्नेतको अध्यक्षता र स्वास्थ्य चौकि अनमि सुमन पन्थिको स्वागत मन्तव्य रहेको उद्घाटन कार्यक्रममा वडा खोप समन्वय समितिका पदाधिकारी समाजसेवि लगाएतको आतिथ्यता रहेको थियो भने  कार्यक्रमको सन्चालन सिनियर अनमि जुनाकला बस्नेतले गर्नुभएको थियो।यसै बिच गुल्मि जिल्लामा पनि दुइ चरण मा अभियान सन्चालन गर्न लागिएको जनस्वास्थ्य निरिक्षक पसुपति आचार्य ले बताउनु भएको छ फागुन ६ गते देखि १४ गतेसम्म पहिलो चरणमा  सन्चालन हुने रेसुङ्गा नगरपालिका ,  गुल्मिदरबार गाउपालिका, छत्रकोट गाउपालिका,  रुरु क्षेत्र गाउपालिका, चन्द्रकोट गाउपालिका, सत्यवति गाउपालिका र कालिगण्डकि गाउपालिकामा दादुरा रुबेला खोप अभियान आज देखि सुरु भएको निरिक्षक आचार्यले जानकारी दिनुभएको छ्।तेस्तै फागुन १८ देखि २६ सम्म दोश्रो चरणमा मुसिकोट नगरपालिका ,  मदाने गाउपालिका, धुर्कोट गाउपालिका, इश्मा गाउपालिका र मालिका गाउपालिकामा सन्चालन हुने पनि आचार्यले जानकारी दिनु भयो।आज सुरु भएको पहिलो चरणको खोप अभियानमा  प्रत्येक पालिकामा उत्साहजनक रुपमा उद्घाटन सहित सुरु गरिएको छ ।

तेस्तै प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला , स्वास्थ्य कार्यालय गुल्मिका प्रमुख डाक्टर भवानि प्रसाद शर्मा जनस्वास्थ्य निरिक्षक पसुपति आचार्य सहितको टोलिले रेसुङ्गा नगरपालिका र प्रमुख जिल्ला अधिकारि निरौला, स्वास्थ्य कार्यालय प्रमुख शर्मा,  जनस्वास्थ्य निरिक्षक आचार्य र गुल्मिदरबार गाउपालिका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गुल्मिदरबार गाउपालिकाका बिभिन्न खोप केन्द्रमा अनुगमन समेत गर्नुभएको छ्। अनुगमनको क्रममा स्वास्थ्यकर्मिहरु , स्वयम्सेवकहरु र  बालबालिकाहरुका अभिभावक हरुको उत्साहप्रद सहभागिता रहेको पाइएको र पहिलो दिनको खोप सेसन सफलता पुर्वक सम्पन्न भएको अनुगमन कर्ताले बताउनु भएको छ्।अनुगमन टोलिले खोप अभियान भर अनुगमन लाइ निरन्तरता दिइने पनि बताउनु  भएको छ्।

SHARE