पत्रकार रेग्मी र राना सम्मानित

0
646

फागुन ५ पाल्पा  :
पाल्पामा रहेर एक दशक पत्रकारिता क्षेत्रमा काम गर्दै आउनुभएका पत्रकार सुशीला रेग्मी सम्मानित हुनुभएको छ । रेग्मीलाई रामपुर नगरपालिका वडा नं ७ को कार्यालयले सम्मान गरेको हो ।

राष्ट्रिय समाचार समिति रासस, सामुदायिक रेडियो रामपुर, पाल्पा टाइम्स र आरसि टाइम्स पत्रिकामा कार्यरत पत्रकार रेग्मीले संचार माध्यमबाट वडाका विभिन्न गतिविधि, काममा पुर्याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । साथै पत्रकार रेग्मी संगै एभिन्युज टेलिभिजन, रेडियो पाल्पा र नवजनचेतना पत्रिकामा कार्यरत पत्रकार इमान सिं राना पनि सम्मानित हुनुभएको छ । पत्रकार रेग्मी र रानालाई वडा अध्यक्ष तिर्थप्रसाद पंगेनि, कार्यपालिका तथा वडा सदस्य दुर्गादेवि भण्डारी गौतम, वडा सदस्यहरु मिनबहादुर सिंजालि, मिठ्ठुमाया सुनार, वडा सचिव धनेन्द्र खनाल, सहायक वडा सचिव गिता पौडेल लगायतले सम्मान गर्नुभएको हो । पत्रकार रेग्मी र रानालाई सम्मान गर्दै वडा अध्यक्ष पंगेनिले समाजमा लुकेर रहेका गतिविधिलाई स्थानीय तथा संचार माध्यममा यसरी नै तटस्थ रहेर निस्पक्ष तरिकाले पत्रकारिता गर्न आग्रह गर्नुभएको छ ।

SHARE