कुटपीटबाट इस्मा कल्यारका युवा सख्त घाइते , अस्पताल लैजाने घाइते प्रहरीमा

0
941

टोपलाल अर्याल

गुल्मी, २ फागुन : इस्मा गाउँपालिका ४ कल्यारका ४० बर्षिया बिष्णु गृरुङ्ग कुटपीटबाट सख्त घाइते भएका छन् । उनी छिमेकी ३२ बर्षिय गुमानसिहं गुरुङ्गको कुटपीटबाट घाइते भएका हुन् । आरोपितले बिहिबार राति स्थानीय हेमलाल गुरुङ्गको बिहेबाट फर्किदै गर्दा घर नजिकै आफुलाई कुटपीट गरेको पीडितले बताए । उनको टाउको, मुख र नाकमा गम्भिर चोट लागेको भाई राम गुरुङ्गले बताए । घाइतेको गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि भैरहवा लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख राजेन्द्रसिंह खड्काले बताए । कुटपीट गर्ने युवा बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी समेत दर्ता गरिएको छ । प्रहरी प्रमुख खड्काले कुटपीट गर्ने व्यक्तिको खोजि कार्य भइरहेको प्रतिक्रिया दिए ।

प्रहरीको गम्भीर लाप्रबाही
कुटपीट भएको खबर पाउने बित्तिकै परिवारले इस्मा प्रहरीलाई खबर गरे । बिहान प्रहरी हवल्दार सोम राना र जय बहादुर अधिकारी घटना स्थल पुगे । मराणाशन्य हुनेगरि कुटिएका पीडितको अवस्था चिन्ताजनक थियो । प्रहरीको पहिलो काम घाइतेलाई उपचारको लागि पठाउनुपर्ने हो । तर उनीहरुले पीडितलाई उपचार गर्न अस्पताल पठाउनुको सट्टा घटना मिलाउन प्रहरीचौकी ल्याए । , पीडितको उपचार र कुटपीट गर्नेलाई गिरफ्तार गर्नुपर्ने पथ्र्यो,’इस्मा गाउँपालिका उपाध्याक्ष तथा न्यायीक समिति संयोजक बिमला खत्रीले भनिन,‘प्रहरीले मिलापत्र गर्न घाइते बोकेर चौकी ल्याउने कस्तो दुर्भाग्य ।’ उनले तत्काल हवल्दार सोम रानालाई गाली गरेर घाइतेलाई तुरुन्त गुल्मी अस्पताल पठाएको बताइन् ।

SHARE