महिलाको जीवनस्तर परिवर्तन गर्न आवश्यक छ : पूर्व मन्त्री विष्ट

0
486

मनोज कार्की
गुल्मी, २ फागुन ।
पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रि गोर्कण विष्टले महिलाहरुको जीवनस्तर परिर्वन ल्याउन आवश्यक रहेको बताएका छन् । उनले गुल्मीका बिभिन्न स्थानका कार्यक्रममा सरिक हुँदा महिलाको जीवनस्तर बढाउने क्रियाकलापहरु हुनुपर्ने आवश्यकता औँल्याएका हुन् ।
जिल्लाको घुर्कोट गाउँपालिका ५ बस्तुमा दिदि बहिनी कृषि तथा पशु विकास महिला सहकारीको नवनिर्मित भवनको उद्घाटन गर्न पुगेका पूर्वमन्त्री विष्टले सबै नागरिकका समस्या केलाउँदै अगाडि बढ्न सकेमा मात्र बिकासले फड्को मार्ने सक्ने बताएका हुन् ।
धुर्कोटका महिलाहरुको जिवनस्तरमा वृद्धिगर्नेको लागि सिपमुलक तालिमको आबश्यकता पर्ने भएकाले वडा देखि गाउँपालिका नै एक्येवद्धता भएर लाग्न उनले सुझाव दिएका थिए । उनले जिल्लामै गरिबी निवारणको लागि नयाँ कार्यक्रम बनाईरहेको बताए ।
गाउँपालिकामा खानेपानीको समस्या समाधान, काठको पोल हटाई स्टिलको पोल गाड्ने, सेउघा सिमाघाट हुँदै बरबोट सम्मको बाटो कालोपत्रेकोे काम लगायतका कामहरु अगाडि बढिरहेको जानकारी दिए ।
युवाहरुलाई स्वदेशमानै राख्नको लागि गाउँ गाउँ सम्म बाटोको व्यवस्थापन आवश्यक रहेको उनको भनाई थियो ।
प्रदेश ५ प्रदेश सभा सदस्य दिनेश पन्थीले धुर्कोटको बस्तु क्षेत्र सुगम रहेको बताउँदै यो क्षेत्रका मानीसहरु बसाई सर्नुले आफुलाई दुःखित तुल्याएको बताए । उनले हरेक क्रियाकलापमा आफुहरु सहकार्य गर्न तयार रहेको बताउँदै प्रदेश केन्द्र र स्थानीय सबै मिलेर जनताको भलाईको काम गरिरहने बताए ।

बिचित्र गुफा अबलोकन
पुर्व मन्त्रि बिष्टलाई गृह जिल्लाका बिभिन्न कार्यक्रमममा समाबेश हुन भ्याई नभ्याई भईरहेको छ । शुक्रबार बिष्ट सहितको टोलीले धुर्कोट गाउँपालिकामा अबस्थित प्राचीन बिचित्र गुफाको पनि अबलोकन गरेका छन् । नेपालमै धार्मिक ऐतिहासिक एंवम् जैवीक दृष्टिकोणले अत्यन्त महत्वपुर्ण रहेको बताएका हुन्।
गुफामा विश्वकै दुर्लभ जन्तु मानिने प्रशस्त चमेराहरुको बसोबास रहेको बिचित्र गुफाको नजिकै जेठि र कान्छि खोपिले चिनिने गुफा रहेको हुदाँ यसको प्रचार प्रसार गर्नेसकेमा गुफा लगाएत गाउँपालिकाले स्वदेशि तथा बिदेशि मुद्रा आर्जे गर्ने बताएका छन् ।
कार्यक्रममा प्रदेश नं. ५ का प्रदेश सभा सदस्य दिनेश पन्थी, धुर्कोट गाउँपालिका अध्यक्ष तथा प्रदेश कमिटि सदस्य भुपाल पोखरेल, प्रदेश कमिटि सदस्य बुद्धि जिसी, जिल्ला सदस्यहरु गणेश श्रीपाली, नरेश भण्डारी, वडा नं. ५ का वडा अध्यक्ष ढुण्डिराज भण्डारी, कार्यपालिका सदस्य कमला घर्ति जिसि, धर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा संस्कृतका गुरु मोतिलाल शर्मा भण्डारी, कृष्ण भण्डारी, कमला घर्ती, विभिन्न राजनीतिक दलका पाटी प्रतिनिधि, समाजसेवी तथा बुद्धिजिवी ब्यक्तित्वहरु, सुरक्षा निकायका प्रमुख तथा पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।

किँरातेश्वर शिवालय मन्दिरमा भेटघाट
धुर्कोट गाउँपालिका वडा नं ५ बस्तु स्थित किरातेश्वर शिवालय मन्दिरमा चियापान कार्यक्रम गरिएको छ । शुक्रबार किँराते शिवालय मन्दिर समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि रहेका पुर्व मन्त्रि बिष्ट बोल्दै युवाहरुले पबित्र भावनाले पठनपाठन सस्कृत पाठशालामा दिगो बनाउँनको लागि आफुहरु लागि परेको बताएका छन् ।
पछिल्लो समयमा लोभ हुदँै गएको संस्कृत भाष गाउँकै मन्दिरमा पढाई भएको देख्दा आफु खुसि भएको र यस मन्दिरलाई स्थायी शिक्षकको आबश्यकता रहेको हुदाँ आफु लगाएत माथिल्लो निकाय सम्म पहल गर्ने पुर्व मन्त्रि बिष्टले बताए।
। जातिय बिभिेद रहित रहेको हुदाँ यस पाठशालामा पढ्न चाहाने सबै जातका जातिले पढ्न पाउने धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बताए ।
सस्कृत भाषा पठनपाठनको लागि गाउँपालिका बाट सहयोग गर्दै आएको र आगमि दिनहरुमा पनि गर्ने अध्यक्ष पोखरेलले बताएका छन् ।
२०५२ सालमा पहलमा मन्दिरको स्थापना गरिएको थियो । सोहि मन्दिर ब्याबस्थापन समितिले २०७६ भाद्र ९ गते देखि बिहान बेलुका संस्कृत पाठशाल पठनपाठन गराउँलै आएको छ। संस्कृत पाठशालाका अध्यक्ष हुमलाल भण्डारी अध्यक्षतामा सुरु गरिएको कार्यक्रमको संचालन नन्दरराम भण्डारीले गरेका थिए । पाठशालामा ३५ जनाले संस्कृत भाषा पढ्दै आएका छन् ।
कार्यक्रममा प्रदेश नं. ५ का प्रदेश सभा सदस्य दिनेश पन्थी, धुर्कोट गाउँपालिका अध्यक्ष तथा प्रदेश कमिटि सदस्य भुपाल पोखरेल, प्रदेश कमिटि सदस्य बुद्धि जिसी, जिल्ला सदस्यहरु गणेश श्रीपाली, नरेश भण्डारी, वडा नं. ५ का वडा अध्यक्ष ढुण्डिराज भण्डारी, कार्यपालिका सदस्य कमला घर्ति जिसि, धर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा संस्कृतका गुरु मोतिलाल शर्मा भण्डारी, कृष्ण भण्डारी, कमला घर्ती, विभिन्न राजनीतिक दलका पाटी प्रतिनिधि, समाजसेवी तथा बुद्धिजिवी ब्यक्तित्वहरु, सुरक्षा निकायका प्रमुख तथा पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।

SHARE