टेण्डरको विषयलाई लिएर कटुपिट

0
501

सुशीला रेग्मी

रामपुर (पाल्पा), २ फागुन  : टेण्डरको विषयलाई लिएर पाल्पामा कुटपिट भएको छ । जिल्ला अस्पताल पाल्पाको औषधी खरिद सम्बन्धी टेण्डरको विषयलाई लिएर

कुटपिट गरेको आरोपमा अखण्डप्रसाद बैजुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अस्पतालको टेण्डरको विषयलाई लिएर शुक्रबार सदरमुकाम तानसेन बजारस्थित सिल्खानटोलमा रहेको सेञ्चुरी होटलमा कुटपिट भएको हो ।

तानसेन नगरपालिका ३ बस्ने ३७ वर्षीय अखण्डप्रसाद बैजुले बगनासकाली गाउँपालिका वडा नं १ बस्ने २९ वर्षीय बसन्तकुमार हिताङलाई कुटपिट गरेका भन्ने निवेदनका आधारमा प्रहरीले वैजुलाई नियन्त्रणमा लिएको हो ।

हिताङले किटानी जाहेरी दिएपछि बैजुलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान गरिहेको छ । हिताङले आफूलाई कुटेपछि धाकधम्की समेत दिएको भनी सार्वजनिक नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार गरेको घटना सम्बन्धी किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

SHARE