युटुब बाटै परोपकारी पत्रकारिता

0
885

सागर भण्डारी,फागुन १,२०७६ गुल्मी  :पछिल्लो समय बढ्दो प्रविधिको विकास सगंसगैं पत्रकारिता गर्ने माध्यमपनि विस्तारै फेरिँदै गएको छ । प्रविधिको विकास सगैंसगैं भित्रिएको युटुब समाज परिवर्तनको ऐना बनेको छ । अहिले युटुबसगं अपरिचित मान्छे प्राय कमै छन् । युटुब सगैंसगैं परोपकारी पत्रकारिता पनि फस्टाएको छ । समाजमा रहेका दिनदुखी र गरिवी तथा आर्थिक अभावमा रहेका नागरिकहरुलाई सहयोगी माध्यम बनेको छ युटुब ।
युटुबमा भिडियो बनाएकै कारण कतिको जीवनचर्या फेरिएको छ कतिले न्याय पाएका छन् भने कतिले जीवन जीउन पाएका छन् । युटुबले परोपकारी पत्रकारिताको अभ्यास गराएको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नं २ लुगुंङ्का दिपक नेपाली पनि अहिले युटुब मार्फत परोपकारी पत्रकारिता गर्दै आईरहेका छन् । गाउँगाउँमा पुगेर त्यहाँका दिनदुखी भेट्ने र उनीहरुलाई सहयोगका लागि पहल गर्ने उनको काम नै बनेको छ । उनकै पहलमा धेरैले पुर्न ः जीवन पाएका छन् ।
दिपकले सरकारले गर्न नसकेको काम समेत गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कुष्ठरोग निवारण भएको देश भनी घोषणा गरेको सन् २०२० लागेसँगै १० वर्ष पुरा भएको छ । तर गुल्मीको मालिका गाउँपालिका वडा नं २ मा कुष्ठरोगका कारण ग्रसित एक व्यक्तिको भिडियो बनाएर उनले उनको सहयोगका लागि अपिल गरेपछि अहिले रोगी व्यक्तिले पुर्नजीवन पाएका छन् । स्थानीय सरकारले थाहा पाउन नसकेको उक्त विषय उनले भिडियो बनाएर प्रशारण गरेका थिए । उक्त गाउँपालिकाका टेक बहादुर विश्वकर्मालाई ७ वर्षदेखि एउटा सानो डाँठले बारेको झुप्रोमा परिवारले अवहेलना गरेर राखेको भिडियो प्रशारण गरेका थिए । उक्त भिडियोकै आधारमा विभिन्न सघंसंस्था र व्यक्तिहरुको आर्थिक सहयोगमा अहिले उनको उपचार भईरहेको छ । भने उनले नयाँ जीवन पाएका छन् ।
गुल्मीको ईस्मा गाउँपालिका वडा नं ६ हुलाकेका घरवारवीहिन गोपाल कुमाल र माया कुमालको अहिले चिटिक्क परेको घरबनेको छ । प्रेम विवाह गरेका उनीहरुको आर्थिक अवस्था निकै कमजोर रहेको र बस्ने घरसम्म नभएको भिडियो दिपकले आफ्नो युटुब च्यानल मार्फत कार्यक्रम सघंर्षको कथामा प्रशारण गरेका थिए । उक्त भिडियो हेरेकै आधारमा पछि देश विदेशबाट सहयोग जुट्न थाल्यो, गाउँपालिकाले पनि घरनिर्माणका लागि जस्तापाता उपलब्ध गरायो । अन्तत उनीहरुको घरनिर्माण भयो र अहिले सोही घरमा बस्दै आईरहेका छन् । दिपक नेपालीकै कारण आफ्नो घरनिर्माण भएकोमा उनीहरु खुसी छन् ।
त्यस्तै गुल्मीको सत्यवती गाउँपालिकाका घरवारवीहिन र आर्थिक अवस्थाका कारण छोराछोरी पढाउन समेत नसक्ने अवस्थामा रहेका विर्खे माझी र सिता माझीको विषयमा पनि उनले सामाग्री बनाएका थिए । पछि दिपकलाई देश विदेशबाट सहयोगी हातहरुको फोन आउन थाल्यो । र उनले उनीहरुको घरनिर्माणका लागि अहिले पहल गरिरहेका छन् । भने उक्त परिवारको एकजना छोरालाई निशुल्क रुपमा पठनपाठन गर्ने व्यवस्था मिलाउन पहल गरेका छन् । माझीका छोरालाई पढाउनका लागि अमेरीकामा रहनुभएकी सुजा मल्ल मास्केले आर्थिक सहयोग गर्नुहुने भएको छ । होस्टेलमै राखेर उनले चाहेबमोजिम अध्ययन गर्नका लागि अब आगामी शैक्षिक सत्रबाट उनलाई तम्घासमा राखेर पढाउने व्यवस्था मिलाईएको छ ।
दिपक आजसम्म नेपालका धेरै ठाउँमा पुगेका छन् । गाउँगाउँमा रहेका पीडत, शारिरक रुपमा अशक्त, आर्थिक अभावमा उपचार नपाएका, दिनदुखी र चरम गरिबीको रेखामुनी रहेका व्यक्तिहरुको भिडियो बनाउने र युटुब मार्फत कार्यक्रम सघंर्षका कथामा प्रशारण गर्ने गर्दछन् । उक्त भिडियो बनाएकै कारण उनकै पहलमा पीडितहरुलाई विभिन्न सघंसंस्था र व्यक्तिहरुले सहयोग गर्ने गर्दछन् । सोही सहयोग उनले पीडितहरुलाई वितरण गर्ने गर्दछन् । आजसम्म विभिन्न सघंसस्था तथा व्यक्तिहरुको सहयोगमा उनले लाखौँ रुपैयाँ सहयोग गरेको दिपक बताउँछन् ।
अन्तरजातीय विवाह गरेका धादिङको गुम्दी गाउँपालिका वडा नं १ का पूर्ण बहादुर गुरुङ र सगींता नेपालीलाई गाउँनिकाला गरिदिएपछि विभिन्न उतारचढावका बाबजुद अन्तत गुरुङ्ले विष सेवन गरे । विष सेवन गरेपछि अस्पताल पुर्याएका उनलाई हस्पिटलमा उपचार गर्ने खर्च नभएपछि दिपकले त्यहीँ स्थित विभिन्न सघंसंस्थाको पहलमा पैसा जुटाएर उनका उपचार गराए र अन्तत उनीहरु हस्पिटलबाट डिस्चार्ज भए
दिपकले धेरै मान्छेलाई पुर्नजीवन पाएका छन् । गुल्मी, पाल्पा, अर्घाखाँची, बाग्लुङ लगायतका अन्य ठाउँका धेरै व्यक्तिहरुलाई उनको पहलमा सहयोग गरिएको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नं २ लुङ्गु्रङमा जन्मिएका दिपकले सोही नगरपालिकाको वडा नं ७ वामीटक्सारमा रहेको रेडियो पुष्पाञ्जलीबाट पत्रकारिताको सुरुवात गरेका थिए । २०७० सालदेखि झण्डै २ वर्ष उक्त रेडियोमा काम गरेका उनी पछि सदरमुकाम तम्घासमा रहेको रेडियो गुल्मीमा पनि २ वर्ष काम गरे । रेडियोमा काम गर्दागर्दै उनले पछि २०७५ सालमा आफै कार्यकारी प्रमुख रही तम्घासमै गुल्मी टेलिभिजनको स्थापना गरे । उक्त टेलिभिजनमै कार्यरत रहँदा रहँदै उनले कार्यक्रम सघंर्षका कथा सुरु गरेका थिए । सोही कार्यक्रम मार्फत यस्ता भिडियो बनाउने र सहयोग गर्दै अहिले उनी यो स्थानमा आएका छन् । दिन दुखीका कथा व्यथा उठाउने उनीहरुको पीडामा मल्हम लगाउने काम उनले पत्रकारिताको माध्यमबाट गर्दै आईरहेका छन् । उनले विभिन्न सघंसंस्थाको समन्वय र सहकार्यमा सहयोग गर्दै आईरहेका छन् । भने सहारा बीहिनहरुका लागि साहारा, गाउँगाउँ र कुना कन्दारामा रहेका नागरिकहरुका भगवान बनेका छन् ।
दिपकको यो कामले पत्रकारिताबाट पनि सामाजिक अभ्यास गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । युटुब र सामाजिक सञ्जालमा बिना काममा खर्च गर्ने हाम्रो परिपाटीलाई पनि यसले सन्देश दिएको छ । परोपकारी पत्रकारिताको क्षेत्रमा यसलाई एउटा नयाँ अभ्यासको रुपमा लिन सकिन्छ ।

SHARE