दुर्गा भवन मा.बी मा विद्यार्थीले लगाय ताला

0
419

सज्जन ढकाल गुल्मी फाल्गुण १ : श्री दुर्गा भवन माद्यमिक बिद्यालय कालीगण्डकी ७,भुर्तुङ् छापचौरको कार्यालय र प्रबेस द्वारमा विद्यार्थीले स्थायी नेपाली शिक्षकको माग गर्दै तालाबन्धी र आन्दोलन सुरु गरेका छन !

लामो समय सम्म नेपाली स्थायी शिक्षक नभयकाले पठनपाठनमा बाधा पुगेको र एस.ई .ई दिने विद्यार्थीलाई पढाईमा असर पुगेको भन्दै ! विद्यार्थी आन्दोलित भयका हुन ! पठक पठक भन्दापनी हाम्रो गुनासो प्रति बिद्यालय ,ब्यवस्थापन समिती र अन्य सम्बन्धित निकायले चासो नदियको र उदासिनता प्रस्तुत गरेको भन्दै उक्त निकायलाइ दबाव दिन यस्तो उपाय अपनाउन बाध्य भयको एक आन्दोलित विद्यार्थीले बताय ! श्री दुर्गा भवन माबी छापचौरमा लामो समय देखि स्थायी दरबन्धिमा नेपाली विषय पढाउदै आउनुभयका कमल ज्ञावलि मंसिर १२ गते अनिवार्य अवकास प्राप्त गरे पछि उक्त दरबन्धी खाली थियो ! अनिवार्य अवकास निस्केको अढाई महिना हुदापनि शिक्षक नियुक्ति हुन नसक्नु निकै लज्जास्पद र गाउँपालिका शिक्षा साखाले उदासिनता देखाउनु गम्भीर विषय बनेको विद्यार्थीको मुख्य गुनासो रहेको छ ! गाउँपालिका भरी माबिका स्थायी दरबन्धी २६ रहेका छन ! बर्तमान अवस्थामा यी दरबन्धी खाली रहेका छैनन ! विद्यार्थीले तत्काल स्थायी नेपाली शिक्षक नियुक्ति गर्नु हाम्रो मुख्य माग रहेको बताय ! स्थाई नेपाली शिक्षक नियुक्ति नगर्दा सम्म ताला बन्धी र आन्दोलन जारी रहने बतायका छन !

SHARE