रामपुरमा विद्यालयलाई गमला वितरण

0
1045

सुशीला रेग्मी

फागुन १ पाल्पा :रामपुर नगरपालिका वडा नं ४ पाल्पाले विद्यालयमा विरुवा सहितको गमला वितरण गरेको छ । नगरको एक घर दुई विरुवा कार्यक्रम अन्र्तगत विद्यालयहरुलाई वडा कार्यालयले एरिका पाम नामक विरुवा सहितको गमला वितरण गरेको छ ।

वडाका सीताराम माध्यमिक विद्यालय, कालिका आधारभुत विद्यालय, लक्ष्मी आधारभुत विद्यालय, मदरसा नुरुल हुदा अहले सुन्न प्राथमिक विद्यालय र मदरसा नुरुल हुदा आधारभुत विद्यालयलाई विरुवा सहितको गमला वितरण गरेको वडा अध्यक्ष एकबहादुर नेपालीले बताउनुभयो ।

“विद्यालयको वातावरण हरियाली बनाउन विद्यालयबाट गमला वितरण अभियान सुरु गरेका छौँ, यो अभियानलाई वडाभरी नै संचालन गर्ने गरी अगाडी बढेका छौँ” अध्यक्ष नेपालीले भन्नुभयो ।

प्रावि तहका लागि १०, आधारभुत तहका लागि १६ र मावि तहका लागि २० वटा गमला वितरण गरिएको हो ।

वडा सदस्य मकबुल मियाँको स्वागतबाट सुरु भएको कार्यक्रममा नेपाली कांग्रेस वडा सभापति वसन्तराम ठाडा, सीताराम माविका प्रधानाध्यापक हरिप्रसाद अधिकारीले वातावरण हराभरा मात्र नभई शैक्षिक वातावरणमा यसले राम्रो प्रभाव पार्ने बताउनुभएको छ । नगरको एक घर दुई विरुवा कार्यक्रम अन्र्तगत वडाले यस पटक वडा भित्रका विद्यालयहरुलाई मात्र विरुवा सहितको गमला वितरण गरेको हो । गमलामा विरुवा रोप्ने प्रबिधि, सिंचाई र रेखदेखका सम्बन्धमा पुष्प व्यवसायी दिलबहादुर थापाले जानकारी दिनुभएको छ ।

सोही अवसरमा दलित वर्ग लक्षित कार्यक्रम अन्र्तगत आरन व्यवसायलाई संरक्षण तथा प्रवद्र्धन गर्न तीन जनालाई आरन पंखा र दुई जनालाई छानो छाउन जस्तापाता वितरण गरिएको छ ।सोही कार्यक्रमको अवसरमा रामपुर नगरपालिका वडा नं ४ मा एक वडा एक प्राबिधिकमा छनौटमा भई आउनुभएका कर्मचारी युवराज नेपालीलाई स्वागत गरिएको छ । वडा अध्यक्ष एकबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सचिव रजनी भण्डारीले गर्नुभएको हो ।

SHARE