बिधालय ब्यबस्थापन समितिको अध्यक्ष बन्नका लागि ४१ जनाको उम्मेदवारी

0
333

तिलाचन पाण्डे
फागुन १,२०७६ गुल्मी : गुल्मीमा बिधालय ब्यबस्थापन समितिको अध्यक्ष बन्नका लागि ४१ जनाको उम्मेदवारी परेको छ ।
जिल्लाको सत्यवती गाउँपालिका वडा नं तीनमा रहेको धर्मपुर माध्यमिक बिधालयमा ४१ जनाले उम्मेदवारी दर्ता गराएको बिधालयका प्रधानाध्यपक बलबहादुर राहाडीले जानकारी दिए ।
राहाडीका अनुसार सहमतिमा बिधालय ब्यबस्थापन समितिको गठन गर्नका लागि अधिक्तम पहल गर्दा समेत सहमतिको आधारमा गठन गर्न नसकिएकाले गाउँपालिकाको कार्यलयमा निर्वाचनका लागि पत्रचार गरेको भन्दै फागुन १० गते निर्वाचनका लागि तयारी गरेको जानकारी दिए ।
ब्यबस्थापन समितिको अध्यक्ष बन्नका लागि पूर्व प्रअदेखि राजनीतिक दलका नेतासम्मको उम्मेदवारी
बिधालय ब्यबस्थापन समितिको अध्यक्ष बन्नका लागि सोही बिधालयका पुर्व प्रधानाध्यपक लोकबहादुर राना सहित राजनीतिक दलका स्थानीय नेताहरुको समेत उम्मेदवारी परेको बिधालयले जनाएको छ । पछिल्लो समयमा बिधालय ब्यबस्थापन समितिको अध्यक्ष बन्नका लागि राजनीतिक दलहरुले बिशेष चासो देखाएको पाइएको छ । नेपाल कम्युनिष्ट पाटी नेकपाबाट लोक बहादुर राना , काग्रेसको तर्फबाट कुल सिंह त्रामू ,नेपाल कम्युनिष्ट पार्टी माओवादी त्रान्तीकारीको तर्फबाट टीका राना लगायत अन्य रहेको पाइएको छ । यस्तै गरी राष्ट्रिय जनमोर्चाको तर्फबाट टेकबहादुर श्रीसको नाम आएको त्यहाँका स्थानीयहरुले जनाउँदै आएका छन् । प्राय सबैले बिधालयको हकहितको निम्ति केही उल्लेख्य मात्रामा देखिने गरी काम गर्ने आफूहरुको इच्छा रहेको बताउँदै आएका छन् ।

राजनीतिक गठबन्धन बन्न सक्ने संकेत
अन्तिम चरणमा सत्ता पक्ष र प्रतिपक्ष बिचको गठबन्धन बन्न सक्ने देखिएको बिधालयका प्रधानाध्यपक बलबहादुर राहाडीले बताए । अहिले सम्म ४१ जनाले अध्यक्ष बन्नका लागि चासो देखापनि पछिल्लो समयमा राष्ट्रिय राजनीति संगै जोडिएर गठबन्धन हुन सक्ने देखिएको र सोही अनुसार आन्तरिक रुपमा कसरत चलेकाले ४१ जनानै अध्यक्ष पदका लागि निर्वाचनमा नजाने संकेत बिधालयले पाएको राहाडीले जानकारी दिए ।
सहमतिको प्रयास जारी ः अध्यक्ष ढकाल
यता सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बिधालयमा राजनीतिक गन्ध नघुसाउनका लागि सहमतीको प्रयास जारी राखेको दाबी गरे । उनका अनुसार स्थानीय स्तरमा बिधालय ब्यबस्थापन समितिको अध्यक्ष बन्नका लागि ४१ जनाले चासो देखाउनु राम्रो बिषय भएको भन्दै त्यसको आधारमा राजनीति गर्न नहुने बताए । सहमतिका लागि गाउँपालिकाले हरदम प्रयास गरेको भन्दै सहमतिय आधारमा बन्न नसके निर्वाचन बाहेको बिकल्प नरहेको जानकारी दिए ।

SHARE