स्वास्थ्य विमा कार्यक्रमको मालिकामा अर्जैबाट सुरुवात

0
519

मनोज कार्की
माघ २९ गुल्मी  :
गुल्मी जिल्लामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ५१ औँ जिल्लाको रुपमा स्वास्थ्य बिमा कार्यक्रम घोषणा गरे संगै गुल्मी जिल्लामा स्थानीय तहहरुले पनि स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिदैँ आईरहेका छन् ।
वुधवार जिल्लाको मालिका गाउँपालिकामा वडा नं वडा नम्वर ६ अर्जैबाट मालिका गाउँपालिकामा स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गरिएको मालिका गाउँपालिकाले जानकारी दिएको छ । अर्जैमा स्वास्थ्य कर्मिद्धारा स्थानीयलाई स्वास्थ्य बिमा कार्यक्रमको बारेमा जानकारी समेत गराईएको छ ।
पछिल्लो समयमा आर्थिक अभाबकै कारण ज्यान गुमाउन परेकाले सबै नागरिकहरुलाई सेवा दिनको लागि बिमा कार्यक्रम ल्याईएको सबै गाउँपालिका नागरिक संमक्ष पुगेर स्वास्थ्य बिमाको बारेमा जानकारी गराईने गाउँपालिका प्रबक्ता तथा वडा अध्यक्ष शोभाखर गिरिले बताए । मानिसलाई जति बेलापनि बिभिन्न किसिमका रोगले आक्रमण गर्ने सक्ने भएकाले गाउँपालिका बासिले नै स्वास्थ्य बिमा गराउँन आबश्यक रहेका प्रबक्ता तथा वडा अध्यक्ष गिरिले बताए ।
अर्जै वडामा सुरुवात गरिएको स्वास्थ्य बिमा कार्यक्रममा मालिका गाउँपालिका वडा नं ६ अर्जैका वडा अध्यक्ष शोभाखर गिरी लगाएत स्वास्थ्यकमी गरि ११ जनाले स्वास्थ्य विमा गराएका छन् ।
सरकारले लिएको स्वास्थ्य बिमा कार्यक्रममा पाँच जना भएको परिबारमा घरको एक जना सदस्यले ३ हजार ५ सय रुपैयाँ बिमा रकम बुभाएमा मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट एक लाख रूपैयाँसम्मको औषधी तथा सेवा सुविधा पाउने व्यवस्था रहेको छ । जस मध्ये महिला स्वेयमसेविका हरुलाई ५० प्रतिशत छुटको ब्याबस्था गरिएको छ । परिबारका सदस्यहरुले स्वास्थ्य बिमा गरेमा ७० बर्ष भन्दा माथिका वृद्धवृद्धालाई निशुल्क औषधि उपचार गरिने प्रवधान सरकारले लिएको छ ।

SHARE