विश्व स्वास्थ्य संगठनले राख्यो कोरोना भाइरसको नयाँ नाम

0
500

माघ २९, २०७६ काठमाडौं  : चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको नाम कोभिड–नाइन्टिन राखिएको छ।

विश्व स्वास्थ्य सङ्गठन डब्लयूएचओले औपचारिक रुपमै नयाँ कोरोना भाइरसको नाम कोभिड–नाइन्टिन राखेको हो। नयाँ नामका अनुसार को भनेको कोरोना भीआइको अर्थ भाइरस र डी को अर्थ डिजिज भनेर उल्लेख गरेको छ। सन ्२०१९ मा फैलिएको यो भाइरको अन्तिममा १९ पनि जोडेको विश्व स्वास्थ्य संगठनले जनाएको हो। विश्व स्वास्थ्य सङ्गठनको नियमित पत्रकार सम्मेलनमा प्रमुख टेड्रोस अदहानोम घेब्रिएसले आगामी दिनमा विश्वले नै चाँडोभन्दा चाँडो कोरोनाविरुद्ध आक्रामक भएर लड्नुपर्ने बताएका छन्।

यसैबीच चीनमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या एक हजार एक सय ८ पुगेको छ। २४ घण्टामा थप ९४ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार १ सय ८ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। एकै दिनमा थप १ हजार ६ सय ३८ जनामा कोरोना सङ्क्रमण भेटिएको छ। यो सँगै संक्रमितको संख्या ४४ हजार एक सय ३८ पुगेको छ।थाहाबाट

SHARE