बिकास निर्माणमा बजेट अभाब हुन दिदैनौँ : नेता जिशी

0
1272

तिलाचन पाण्डे
माघ २६,२०७६ गुल्मी : नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ५ का नेता बुद्धि जिशीले ग्रामीण स्तरको बिकासमा बजेट अभाब हुन नदिने बताउनुभएको छ । अस्कुना कंके देउराली धार्मिक तथा पर्यटकिय पबद्र्धन समिति मदाने गाउँपालिका वडा नं ७ भनभनेले आयोजना गरेको एक कार्यक्रममा जिशीले ग्रामीण स्तरको बिकास निर्माणमा बजेटको अभाब हुन नदिने दाबी गर्नुभएको छ ।
जिशीले यस क्षेत्रको पर्यटन बिकास र अस्कुनाको क्षेत्रमा स्नान गर्ने ठाउँका लागि ब्यबस्थित गर्ने भक्तजनहरुका लागि बस्ने राम्रो ब्यबस्था गर्नका लागि डिपिआर तयार गर्दै गुरुयोजना बनाएर बिकासका निम्ति आफू लागेको भन्दै बजेट अभाबमा बिकास निर्माणका कार्यहरु रोकिए भनेर भनभनेबासीहरुले चिन्ता लिन नपर्ने दाबी गर्नुभएको छ ।
धर्मका ठेकेदारहरुले बिभिन्न प्रलोभन देखाए
बिभिन्न बाहानाहरु बनाएर नेपालमा प्रलोभन देखाउदै कतिपय धर्मका ठेकेदारहरुले धर्म परिबर्तन गराउने गरेको भन्दै धर्मका नाममा राजनीति गर्ने अधिकार कसैलाई नभएको दाबी पनि गर्नुभयो । सकारात्मक सोच बिना देशमा परिबर्तन नआउने भन्दै सकारात्मक सोचको बिकास गर्नमा पनि नेता जिशीले आग्रह गर्नुभयो ।
भ्रष्टाचार गर्न नपाएर भ्रष्टाचारीहरु अतालिए
देशमा स्थायीत्व सरकार भएको समयमा पहिले भ्रष्टाचार गर्ने भ्रष्टाचारीहरु भ्रष्टाचार गर्न नपाएर अहिले पानी बिनाको माछाहरु जस्तै छटपटाएको समेत बताउनुभयो । अस्थिर सरकारको फाइदा उठाउँदै बिगतमा भ्रष्टाचार गर्दै आएका भ्रष्टाचारीहरुलाई बिधिको शासन आएपश्चात अतालिएको दाबी समेत गर्नुभयो । नेता जिशीले यो त्यो बाहानमा जो कोही भएपनि भ्रष्टाचार गर्ने भ्रष्टाचारीहरुलाई जेल हालेर नेकपाको सरकारले देखाएको भन्दै सरकारका प्रमुख , मन्त्री लगायत भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याई कारबाही गरेरै छाडने दाबी समेत गर्नुभयो ।

नेकपाकै सरकारले बिकासमा गति लियो
बर्तमान नेकपाको सरकारले ग्रामीण स्तरमा रहेका खरका छानाहरुलाई खरका छानामुक्त बनाउने अभियाननै चलाएको भन्दै नेता जिशीले यहि सरकारले नै सडकहरु स्तरउन्नती गर्ने कार्य गरेको , एक घर एक धाराको अभियान चलाएको , शिक्षामा गुणस्तरता कायम गर्नका लागि लागेको र सुबिधा सम्पन्न बिधालयका भबनहरुबनाएको भन्दै नेकपा सरकारको बिकासको गति तिब्र देखेर प्रतिपक्षहरु अतालिएको समेत बताउनुभयो ।
यस्तै पालिका भित्र रहेका पर्यटकीय क्षेत्रको बिकासका निम्ति मदाने गाउँपालिकाले उचित बजेटको ब्यबस्था गरेको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिनुभयो ।

SHARE