तिनाउँका कृषकलाई बेमौसमी तरकारी खेती तालिम

0
317

सुशीला रेग्मी
माघ २६, पाल्पा
पाल्पाको तिनाउँ गाउँपालिका वडा नं. ५ कोल्डाँडामा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम संचालन भएको छ । मेरो माइक्रो फाइनान्सको शाखा तेल्घाको आर्थिक तथा तिनाउँ गाउँपालिका कृषि शाखाको प्राविधिक सहयोगमा कृषकलाई तालिम दिइएको हो ।
तिनाउँ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले सिद्दार्थ राजमार्ग बुटवल र तानसेनको बीचमा पर्ने कोलडाँडाका कृषकलाई बेमौसमी तरकारी खेतीबाट आयआर्जन विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले गाउँपालिकाले किसानलाई तालिम र अनुदानको समेत व्यवस्था गरेकाले व्यवसायिक रुपमा खेती गर्न कृषकलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष दलबहादुर दर्लामी, लघुवित्त शाखाका प्रमुख सुमनकुमार खड्का, केन्द्रीय प्रतिनिधि इश्वर आचार्य लगायतले बेमौसमी तरकारी खेती गरेर आर्थिक उपार्जन हुने बताउनुभयो ।लघुवित्त शाखा प्रमुख सुमन कुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रम कृषि प्राविधिक किशोर खनालले संचालन गर्नुभएको थियो । तालिमको सहजिकरण प्राबिधिक किशोर खनाल र हेमन्त शर्माले गर्नुभएको हो । तालिममा ३५ जना कृषकहरु सहभागी रहेका थिए ।

SHARE