विकासबिना आर्थिक संवृद्धि असंभब: डा.भन्डारी

0
614

रामकृस्ण कंडेल माघ२६ : कॉग्रेस केन्द्रिय सदस्य तथा पूर्ब सांसद डाक्टर चन्द्र भन्डारीले कृषि,पर्यटन,र उद्योगको विकासबिना आर्थिक संवृद्धि असंभब रहेको बताऊनु भएको छ।

गुल्मी मुसिकोट उधोग बाणिज्य संघले वामीटक्सारमा आयोजित प्रथम महोत्सबमा समापन समारोहका प्रमुख अतिथि डा.भन्डारीले’यस महोत्सवले स्थानिय परम्परा ,कला,सस्कृतिलाई थप प्रचार गरि आन्तरिक तथा बाहय प्रयटन प्रबर्द्धनमा ठोस टेवा पुर्याउने छ भन्ने सन्दर्भमा हामी बिस्वस्त छौ’मन्तब्यको क्रममा बताऊनु भयो। कॉग्रेस केन्द्रिय सदस्य भन्डारीले संबोधनको क्रममा लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, र देश भक्ति लाई बचाई राख्न आग्रह समेत गर्नु भयो। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण रास्ट्र भएको बताऊदै प्रमुख अतिथि डा.भन्डारीले मुसिकोट नगरपालिकामा बसोबास गर्ने विभिन्न समुदायको मौलिक पहिचान झल्कने भाषा,संस्कार, संस्कृति लाई जोगाई राख्न आग्रह गर्नु भयो। सामाजिक सद्भावलाई सुदृढ् गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन जरूरी रहेको समेत डा.भन्डारीले बताऊनु भयो।ब्यापार महोत्सबको महत्व प्रकाश पार्दै प्रमुख अतिथि डा भन्डारीले महोत्सब आपसी सद्भाव,सहिष्णुता र एकताको पर्वको रूपमा बिकास गर्न जरूरी रहेको बताऊनु भयो।

बिकासको प्रसंगमा डा.भन्डारीले सडक,पुल,रोजगारी लगायतका काममा सरकारले महत्व दिनु पर्नेमा जोड दिनु भयो।गरिबका छोरा छोरी लाई खाडी मुलुकमा जान बाट रोक्न जरूरी रहेको समेत डा.भन्डारीको आग्रह थियो।एक छुट्टै प्रसंगमा हरेक दलमा नेतृत्व अपडेट हुन जरूरी रहेको भन्दै युबा हरूको कॉधमा जिम्मेवारी आऊन आबश्यक रहेको प्रमुख अतिथी भन्डारीको भनाई थियो। पर्यटन,सांस्कृतिक,औधोगिक तथा ब्यापार मेला २०७६ महोत्सब कार्यक्रमका बिशिस्ट अतिथि मुसिकोट नगरपालिका प्रमुख शोमनाथ सापकोटाले महोत्सब नगरपालिकालेनै आयोजना गर्न सक्थ्यो तर उधोगी हरू संग सहकार्य गर्ने ऊध्देश्यले यो महोत्सबको आयोजक ऊधोग बाणिज्य संघ रहेको जानकारी दिनु भयो।नगरप्रमुख सापकोटाले नगरप्रमुख सापकोटाले नगर बिकासको लागि सिप,अनुदान र औजारको ग्यारेन्टी गरिएको बताऊदै बिकास र सम्बृध्दीको लागि आफु हरूले जस्तो सुकै कदम चाल्न पछी नपर्ने दाबी गर्नु भयो।नेपाली कॉग्रेसका जिल्ला सचिब तथा कार्यक्रमका बिशिस्ट अतिथि खिलध्वज पन्थीले बिकासमा पुर्बाग्रह राख्न नहुने साथै सत्ताक्ष र प्रतिपक्ष मिलेरै काम लाई अगाडि बढाऊन जरूरी रहेको धारणा ब्यक्त गर्नु भएको थियो।नगरपालिका आर्थिक संयोजक तथा नेकपाका युवा नेता प्रकाश काफ्लेले मुसिकोट महोत्सब लाई मुसिकोट बासिले निकै महत्व दिएको बताउदै यो सदभावलाई सबैले आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।

महोत्सबको अन्तिम दिन नेपाली कॉग्रेस जिल्ला सचिब बिस्णु कुमारी सापकोटा,नेकपाका नगर ईन्चार्ज जिवन खरेल,साबिक वामी गा बि स का पूर्ब अध्यक्ष हरिनारायण सापकोटा,हेलिकप्टर एशोसियसनका महासचिब योगेन्द्र कंडेल,नेतृ गन्डकी थापा लगायतको बिशेष उपस्थिति रहेको थियो। ज्योती मगर,थानेस्वर गौतम,बैकुन्ठ रायमाझि लगायतका रास्ट्रिय कलाकार हरूको सॉगितिक प्रस्तुति महोत्सबमा रहने छ। नेपाल भ्रमण वर्ष २०२० को सुरुवाती चरणमै आयोजना गरिएको गुल्मी मुसिकोट महोत्सवले भ्रमण वर्ष सफल पार्न पर्यटकीय गतिविधिमा जोड दिएको बताईएको छ । यस पटक मुसिकोट महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, कला, सँस्कृति, वस्तु एवं सेवाका एक सय पच्चिस वटा स्टल रहेका थिए। सत्तरी हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको यस महोत्सवमा ५करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान आयोजकको थियो।के कती दर्शक हरूले मेला अबलोकन गरे साथै कति रकमको कारोबार भयो भन्ने संबन्धमा यकिन भई नसकेको आयोजकको भनाई रहेको छ। गुल्मी मुसिकोट ऊधोग बाणिज्य संघका अध्यक्ष शुदर्शन साक्यको अध्यक्षता र कोषाध्यक्ष गोपीकृस्ण खरेलको सन्चालनमा कार्यक्रम अगाडि बढि रहेको छ।माघ १५ गते रास्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना बाट महोत्सब उदघाटन गरिएको थियो।

SHARE