
मंसिर २५,२०८२ काठमाडौँ : सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई लाख ५३ हजार १०० कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ८०५ निर्धारण भएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार १०० निर्धारण भएको थियो । चाँदीको मूल्य तीन हजार ७५० मा कारोबार भएको थियो ।







