सुनको मूल्य घट्यो

0
51

मंसिर २१,२०८२ काठमाडौँ : आइतबार सुनको मूल्य तोलामा दूई लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार तोलामा दूई लाख ५२ हजार ४०० रुपैयाँ रहेको सुनको मूल्य साताको पहिलो कारोबार दिनमा २०० रुपैयाँले घटेको हो । यस्तै, १० ग्राम सुनको मूल्य २ लाख १६ हजार २२ रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा तीन हजार ५५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तीन हजार ६०५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

SHARE