रामपुरमा अन्धकारमुक्ति साकोसद्धारा निशुल्क आँखा शिविर

0
734

सुशीला रेग्मी माघ २५, पाल्पा  :पाल्पा रामपुरको अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्थाले निशुल्क आँखा शिविर संचालन गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत संस्थाले शनिवार रामपुर नगरपालिका वडा नं ९ जब्गादिमा संचालन गरेको आँखा शिविरमा दुई सय ९७ जनाले सेवा लिएका छन् । शिविरमा सेवा लिएकामध्ये २१ जना बिरामीलाई अप्रेशनका लागि आउँदो माघ २८ गते रामपुर नगरपालिका ७ स्थित कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रमा हुने शिविरमा रिफर गरिएको छ । केन्द्रका प्रमुख सुन्दर रानाले आँखा जाँच तथा उपचार सेवा दिनुभएको हो । वडा कार्यालय, जव्गादी बजार व्यवस्थापन समितिको समन्वय तथा कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रको प्राबिधिक सहयोगमा शिविर संचालन भएको हो ।

भानुभक्त माविको प्राङ्गणमा भएको शिविरका प्रमुख अतिथि वडा अध्यक्ष ईच्छाराम सिंजालीले गाउमै आएर शिविर संचालन गरी गाउका नागरिकलाई सेवा दिएकोमा अन्धकारमुक्ति सहकारी, कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रलाई धन्यवाद दिनुभएको छ । संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेलले गर्नुभएको हो । कार्यक्रम संचालन सचिव ओमप्रकाश बस्यालले गर्नुभएको थियो । शिविरमा रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाका नागरिकले सेवा लिएका छन् । सहकारीले विभिन्न ठाउँ ठाउँमा पुगेर आँखा शिविर संचालन गर्दै आइरहेको छ ।

SHARE