कालीगण्डकी गाउँपालिका भित्र संचालनमा रहेका योजनाहरुको अनुगमन कार्यलाई तिब्रता

0
565

तिलाचन पाण्डे
माघ २४,२०७६ गुल्मी :कालीगण्डकी गाउँपालिका गुल्मीले पालिका भित्र संचालनमा रहेको योजनाहरुको अनुगमनलाई तिब्रता दिएको छ । सोही अनुसार कालीगण्डकी गाउँपालिका वडा नं १ हर्मिचौरको गिदुवामा निर्माणधिन अबस्थामा रहेको खानेपानी योजनाको गाउँपालिकाका प्रमुख बेद थापा , उपप्रमुख तारा थापा लगायत गाउँपालिकाको टोलीले अनुगमन गरेको हो ।
अनुगमन गर्दै गाउँपालिकाको टोलीले हालसम्मको अबस्था र गुणस्तरको बारेमा जानकारी लिएको गाउँपालिकाले जनाएको छ । सो खानेपानी योजना सम्पन्न भएपश्चात त्यहाँका करिब ५० घरपरिवार लाभाम्बित हुने छन् ।
यसै बिच गाउँपालिकाकी उपप्रमूख तारा थापाले पालिका भित्र संचालनमा रहेका योजनाहरु अनुगम नगरि भुक्तानी नदिने बताएकी छन् । पहिले योजनाहरुको स्थलगत अनुगमन गर्ने र गुणस्तरता र लागत इस्टिमेटका आधारमा काम भए नभएको बारेमा मुल्याङकन नगरी भुक्तानी नदिने दाबी गरेकी छिन् । उनले केन्द्र ,प्रदेश र पालिकाद्धारा संचालित योजनाहरुको अनुगमन नगरी भुक्तानी दिन नसकिने पनि दाबी गरेकी छिन् ।

SHARE