रामपुर आधारभुतका विद्यार्थीलाई छात्रवृत्ति

0
710

सुशीला रेग्मी

माघ २४, पाल्पा :

पाल्पाको रामपुर नगरपालिका ५ स्थित रामपुर आधारभुत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयमा स्थापना भएको १४ वटा अक्षयकोष मार्फत १८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

रामपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष हिमाल मल्लले बिगतको विद्यालयको अवस्था स्मरण गराउँदै अहिले विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्दै शैक्षिक गुणस्तर तथा भौतिक विकासमा सहयोग गर्नेलाई धन्यवाद दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक सविता गौतमको गर्नु भएको हो । तेस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन संगै विद्यार्थीहरुलाई विभिन्न खेलकुद प्रतियोगिताको विजेता पुरस्कार पनि प्रदान गरिएको छ ।

SHARE