मुसिकोट महोत्सबको आज आठौ दिन

0
952

माघ २२,२०७६ गुल्मी ःमाघ १५ गतेबाट सुरु भएको प्रथम गुल्मी मुसिकोट महोत्सव अन्तर्गत आज आठौँ दिनका कार्यक्रमहरु सम्पन्न भएका छन् । गुल्मी मुसिकोटको समृद्धिको आधार कृषि पर्यटन उद्योग र व्यापार भन्ने नारा सहित सुरु भएको कार्यक्रमको आज आठौँ दिनको कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सागींतिक प्रस्तुती रहेको थियो ।

आयोजक मुसिकोट उद्योग वाणिज्य सघंका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले महोत्सव सफलताको शुभकामना सहित स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको महोत्सव मुसिकोट नगरपालिकाकै पहिचान बन्ने बताउनुभयो । मुसिकोट नगरपालिका भित्र रहेका सम्भाव्यताहरुको खोजी र प्रचारप्रसार गर्दै नेपालमै कफिको उद्गम स्थल भनेर चिनिने आँपचौरले यहाँको पहिचानलाई अन्तराष्ट्रिय स्तरसम्म चिनाउन सफल भएको बताउनुभयो । साथै उहाँले वामीलाई औद्योगिक ग्रामको रुपमा विकास गराएर यस क्षेत्रमा रहेका स्थानीय उद्योगका सम्भाव्यताको खोजी गर्दै व्यवसाय प्रवद्र्धन गर्न सकेमा जिल्लामै नमुना नगरको रुपमा विकास हुनेमा आफु विस्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा मुसिकोट उद्योग वाणिज्य सघंका प्रतिनिधि, स्थानीय समाजसेवी, बुद्धिजीवि लगायतको उपस्थिति रहेको थियो । आजको सागींतिक कार्यक्रमतर्फ बरिष्ठ लोक तथा दोहोरी गायक पुष्कल शर्मा, रितु थापा, सुनिल थापा, अनिल खत्री लगायतका अन्य स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती रहेको थियो ।

कार्यक्रमको सञ्चालन वाणिज्य सघंका सचिव महेश्वर घिमिरे र उद्घोषक सन्दिप देवकोटाले गर्नुभएको थियो । महोत्सवको भोलि नौँवौ दिन कलाकारहरु देवि घर्ती र नविन पौड्याल लगायतका अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सागींतिक प्रस्तुती रहने महोत्सव प्रचार प्रसार एवं सागींतिक विभाग प्रमुख ज्ञानहरी सापकोटाले जानकारी दिनुभयो ।

यही माघ २६ गतेसम्म संचालन हुने महोत्सवमा १ सय ५० स्टल राखिएका छन् । स्टलमा स्थानीय कुमाल समुदायले निर्माण गरेका हस्तनिर्मित माटाका भाँडाकुँडाहरु, विभिन्न कृषि उपजहरु, लगायत अन्य स्थनीय खानाका परिकार, र व्यवसायिक स्टलहरु राखिएका छन् ।

त्यस्तै विशेषगरी मुसिकोट नगरपालिकाको पहिचान कफी, नेवार समुदायको पहिचान झिनिया रोटी राखिएको छ । भने कार्यक्रम अवधीभर विभिन्न जातीय भेषभुषा, कला र संस्कृतिको संरक्षण गर्न, पुराना र महत्वपूर्ण वस्तुहरुको संरक्षण गर्दै त्यस्ता वस्तुहरुको प्रदर्शन र प्रवद्धन गर्न महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

गुल्मी मुसिकोटको समृद्धिको आधार कृषि पर्यटन उद्योग र व्यापार भन्ने नारा सहित आयोजना गरिएको महोत्सवले मुसिकोट नगरपालिका भित्रका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गर्ने उद्देश्य राखेको मुसिकोट उद्योग वाणिज्य सघंका अध्यक्ष सुदर्शन शाक्यले जानकारी दिनुभयो ।

SHARE