आमा र बच्चालाई व्यक्तिगत सरसफाईबारे सचेत गराइदै

0
523

सुशीला रेग्मी

रामपुर (पाल्पा), २२ माघ  : व्यक्तिगत सरसफाईमा ध्यान दिन पाल्पाको निस्दी गाउँपालिकामा आमा र साना साना बच्चाहरुलाई सचेत गराइएको छ । अझैपनि गाउँघरमा व्यक्तिगत सरसफाईमा ध्यान नदिदा विभिन्न रोगहरुले सताउने गरेको छ ।

बिशेष गरी साना साना बच्चाका अभिभावकले आफु र बच्चाको सरसफाईमा ध्यान नदिदा विभिन्न रोगको सिकार बनिरहेकाले सरसफाईमा ध्यान दिन सचेत बनाइएको छ ।

स्वास्थ्य नै ठुलो रहेको हुदा ग्रामीण भेगका केही परिवारमा अझैपनि सरसफाईमा चेतनाको विकास नभएकाले गाउँपालिका वडा नं ६ मा रहेका आमा र बच्चालाई एकै पटक सरसफाई सम्बन्धी सचेतनामुकल तालिम दिइएको हो ।

युनाइटेड मिसन अस्पताल समुदाय विभाग पाल्पाका कार्यकर्ता कल्पना ढकालले मंगलवार अभिभावक र बच्चाहरुलाई एकै ठाउँमा राखेर व्यक्तिगत सरसफाई, खानपान, व्यक्तिगत सरसफाई नगर्दा लाग्ने रोगहरु सम्बन्धमा सचेत गराउनुभएको छ ।

वडा नं ६ अन्र्तगत कक्षा १,२ र ३ मा अध्ययनरत विद्यार्थीहरु र तिनका अभिभावकहरुलाई लक्षित गरी सचेतनामुलक तालिम दिइएको वडा अध्यक्ष मेखबहादुर सुनारीले बताउनुभयो ।

सोही अवसरमा गोरखनाथ माध्यमिक विद्यालयमा अध्ययनरत ५४ जना, सिन्दुर आधारभूत विद्यालय सिसिङ्गाका ४१ जना, अकला आधारभूत विद्यालय राइडाँडाका ३६ जना र कमला प्राथमिक विद्यालय रनगुवाका २५ जना गरी विद्यार्थीहरुलाई सरसफाईका सामग्री समेत प्रदान गरिएको छ ।

SHARE