जन्मदिनको अवसरमा बालबालिका र ज्येष्ठ नागरिकलाई सहयोग

0
491

सुशीला रेग्मी

माघ २१, पाल्पा :

जन्मदिनको अवसरमा संगिता फाउण्डेशनकी अध्यक्ष तथा नेशनल लाईफ इस्योरेन्स कम्पनीका प्रमुख बजार प्रबन्धक संगिता भट्टराईले बालबालिका र ज्येष्ठ नागरिकलाई सहयोग गर्नुभएको छ ।

नवदुर्गा माध्यमिक विद्यालय रामपुर ६ तिलकपुरका विद्यार्थीहरुलाई ट्रयाक सुट र राधा दामोदर आरोग्य वृद्धाआश्रम चापाकोट ६ केलादीधामका ज्येष्ठ नागरिकहरुलाई एक दिनको लागि खाद्यान्न हस्तान्तरण गरेर जन्मदिन मनाउनुभएको छ ।

भट्टराईले २७ औँ जन्मदिनको अवसरमा फाउण्डेशनको तर्फबाट एक कार्यक्रम गरी नवदुर्गा माविमा अध्ययनरत ३० जना विद्यार्थीहरुलाई विद्यालयको पोशाकको रुपमा रहेको ट्रयाक सुट प्रदान गर्नुभयो ।

भट्टराईले आफुले आर्जन गरेको धनको केही अंश परोपकारमा लगाउनुपर्छ भन्ने उद्देश्यले आफुले शिक्षामा खर्च गर्दै आएको बताउँदै विगतका वर्ष देखि जन्मदिन बालबालिका तथा ज्येष्ठ नागरिक संग मनाउँदै आएको जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष थानेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक भानुभक्त न्यौपानेले स्वागत गर्नुभएको थियो भने संचालन शिक्षक दिपेन्द्र भट्टराईले गर्नु भएको हो ।

केलादीधाम बृद्धाश्रममा रहेका ३५ जना ज्येष्ठ नागरिहरुलाई खाद्यान्न तथा फलफुल प्रदान गर्नुभएको छ । उहाँले एक दिनको लागि आवश्यक चामल, तरकारी, घ्यू, फलफुल मन्दिरका पिठाधिस गोपालशरण देवाचार्यलाई हस्तान्तरण गर्नुभयो ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले भट्टराईले गरेको कार्यको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरुमा परोपकारको भावनाको पनि विकास हुने बताउनुभयो ।

SHARE