अखिल नेपाल खेलकुद महासंघ गुल्मीको संयोजकमा गोबिन्द

0
229

फागुन १९,२०८० गुल्मी : अखिल नेपाल खेलकुद महासंघ गुल्मीको संयोजकमा गोबिन्द हिताङ चयन हुनुभएको छ ।

शनिबार सम्पन्न एक भेलाले हिताङको संयोजकतत्वमा ५१ सदस्य रहेको कमिटि गठन गरेको हो । जसको सह संयोजकमा दीपक जिशी, लक्की थापा सोमै र सदस्य सचिवमा सम्झना बोहोरा रहनु भएको छ ।

महासंघले आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा विभिन्न खेलकुद समेत आयोजना गर्दै प्रथम जिल्ला सम्मेलन गर्ने भएको छ । दिवसको अवसरमा जिल्ला स्तरीय फुटवल ,भलिबललगायतका खेलकुदहरुसमेत आयोजना गर्ने भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्र गुल्मीका सचिव अशोक थापाले खेलकुदको माध्यमबाट नै स्वास्थ्यलाई स्वस्थ राख्न सकिने बताउनुभयो । खेलकुदका लागि पार्टी र आफूले सक्दो सहयोग गर्ने उहाँको भनाई छ ।

यस्तै अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य गिरीप्रसाद महाकिम, भिमलाल ज्ञवाली र नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश परिषद सदस्य घनश्याम पाण्डेले खेलकुद क्षेत्रको बिकासका निम्ती तीनै तहका सरकारहरुले सहयोग गर्नुपर्ने धारण ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा एक सय बढीको सहभागिता रहेको थियो।

 

SHARE