निर्माण सामग्रीमा आगलागी हुँदा ५५ लाखको क्षति

0
92
सांकेतिक तस्बिर

पुस ३,२०८०काठमाडौँ : ललितपुर महानगरपालिका २५ भैँसेपाटीस्थित निर्माणका सामान राखेको छाप्रोमा विद्युत् सर्ट भई आज आगलागी भएको छ।

आगलागीबाट करिब ५५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरी परिसर ललितपुरको टोलीले ललितपुर महानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

 

SHARE