उपचार केन्द्र लाई सबै मिलेर अगाडि बढाऔं:प्रकाश काफ्ले

0
562

रामकृस्ण कंडेल, : मुसिकोट नगरपालिका आर्थिक बिकास संयोजक प्रकाश काफ्लेले कृस्णहरि रूद्रवावती सापकोटा ऑखा उपचार केन्द्र लाई सबै मिलेर अगाडि बढाऊन जरूरी रहेको बताऊनु भएको छ।

ऑखा जस्तो संबेदनशिल बिषयमा सेवादिने उध्देश्यका साथ स्थापित यस केन्द्र को भवन निर्माण र जग्गा समेत उपलब्ध गराऊनु हुने सदस्य कृस्णहरी सापकोटाको प्रसंसा समेत गर्नु भयो।गोस्ठिमा मन्तब्य राख्दै प्रमुख अतिथि काफ्लेले नेपाल नेत्र ज्योति संघ,नेत्रबिज्ञान अध्ययन संस्थान,कृस्णहरि रूद्रवावती सापकोटा ऑखा उपचार केन्द्रकमा आयोजित कार्यक्रमले गुल्मीको वामीटक्सारमा आयोजित कार्यक्रममा काफ्लेले उक्त कुरा बताऊनु भएको हो।यस केन्द्र लाई मुसिकोट नगरपालिकाको आर्थिक सहयोग रहने बताऊदै यस बर्ष नगरपालिकाको सहयोगमा कम्पाऊन्ड वाल निर्माण गरिएको बताऊनु भयो।आगामी दिनमा पनी नगरपालिकाको तर्फबाट यस ऑखा उपचार केन्द्र लाई सक्दो सहयोग गरिने प्रमुख अतिथि काफ्लेले बताऊनु भयो।यस आखा उपचार केन्द्रमा ४२जना मोतिया बिन्दु अप्रेशनको लागि सम्पर्कमा राखि बिरामी हरू लाई सक्दो सहयोग प्रदान गरिरहेको कार्य उत्कृस्ट कार्य हो भन्दै प्रमुख अतिथि काफ्लेले भाबि योजना हरू निर्माण गरी अगाडि बढ्न समेत सम्बन्धित सबैमा आग्रह गर्नु भयो। कार्यक्रमका बिशिस्ट अतिथि नेपाल नेत्र ज्योति संघ जिल्ला सभापति शेरबहादुर के सी ले समीक्षा गोस्ठी लाई संबोधन गर्दै नेत्र ज्योती संघका कार्यक्रम हरू के कस्तो अबस्थामा रहेका छन र सो संस्था लाई के कसरी अगाडि बढाऊने लगायतका बिषयमा छलफल गर्न गोस्ठि आयोजना गरिएको बताऊनु भयो।

कृस्णहरि रूद्रवावती सापकोटा ऑखा उपचार केन्द्रका सल्लाहकार संयोजक कृस्णहरी सापकोटा,केन्द्रका पदाधिकारी हरू लगायतको बिशेष उपस्थिति रहेको थियो कार्यक्रममा ऑखा उपचार केन्द्रका कोषाध्यक्ष दिनेश खातीको स्वागत मन्तब्य,अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षता र सचिब ढालबहादुर जि सी को सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

SHARE