नेपाल दलित मुक्ति सगंठन मुसिकोट नगरकमिटीको एकता भेलासम्पन्न

0
833

सागर भण्डारी,गुल्मी । नेपाल दलित मुक्ति सगंठन मुसिकोट नगरपालिका नगरकमिटीको एकता भेला वामीटक्सारमा सम्पन्न भएको छ ।

नगरकमिटी ईन्चार्ज दुर्गा विश्वकर्माको अध्यक्षतामा सम्पन्न भेलामा नेपाल कम्यूनिष्ट पार्टी नेकपा पार्टी एकीकरणको शिलशिलामा पार्टीको महत्वपूर्ण जनवर्गीय सगंठन मुसिकोट नगरकमिटीको एकता भेला गरी नगर कमिटी घोषणा गरिएको छ ।

भेलाले जुद्धविर विश्वकर्माको अध्यक्षतामा २९ सदस्यीय नगरकमिटीको गठन गरेको छ । जसको सचिवमा चन्द्र रसाईली लगायत अन्य सदस्यहरु रहनुभएको छ । साथै भेलाले नगरपालिकाका ९ वटै वडामा दलित मुक्ति सगंठनको एकता भेला यही फाल्गुण मसान्त भित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

भेलामा प्रदेश ५ का प्रदेशसभा सदस्य खड्क केसी, नेकपा गुल्मी जिल्ला सदस्य कृष्ण सुनार,नेकपा जिल्ला सचिवालय सदस्यहरु जीवन खरेल, खुम बहादुर थापा, धर्म सुनार,कमला शर्मा, जिल्ला कमिटी सदस्यहरु गोपाल सुनार, सुरेन्द्र नेपाली, मुक्ति सगंठनका कृष्ण विश्वकर्मा, दिपक बराल, थम्मन गन्धर्व, नेकपा नगरकमिटी सचिवालय सदस्यहरु प्रकाश काफ्ले, रामकृष्ण कडेंल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

एकता भेलामा दलित अगुवा एवम् मुसिकोट नगर कार्यपालिका सदस्य जुद्धविर विश्वकर्माको स्वागत र सगंठनका नगरसह ईन्चार्ज रमेश विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

SHARE