रामपुरको सूर्योदय कृषि सहकारीको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

0
743

सुशीला रेग्मी

माघ १९, पाल्पा

सुर्याेदय कृषि सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको पाचौँ वार्षिकोत्सव तथा तेस्रो अधिवेशन सकिएको छ । संस्थाका अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन जिल्ला समन्वय समिति पाल्पाका कार्यवाहक प्रमुख मिरा मरासिनीले गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मरासिनिले देश संघियतामा गइसकेपछि देशमा परिवर्तन आएको बताउदै समृद्धितर्फ लाग्न आफ्नो काम आफै गर्नुपर्ने बताउनुभयो । जनतालाई उकास्नका निम्ति सहकारीले सहकार्य गर्नुपर्ने बताउदै स्थानीय तहमा एउटा वडामा करोडौँको वजेट आएको छ तर बाँझिएका खेतवारीमा कृषि उत्पादन गरेर हराभरा बनाउनुपर्ने बताउनुभयो ।

उपाध्यक्ष सोमबहादुर सेनको स्वागतबाट सुरु भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन पढेर सुनाउनुभएको थियो । कार्यक्रम संचालन सचिव सुर्यप्रसाद श्रेष्ठले गर्नुभएको हो । कार्यक्रममा कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले सहकारीका सात सिद्धान्तलाई अवलम्बन गरी आर्थिक सामाजिक र कृषि रुपान्तरणको लागि काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले सरकारले र प्राबिधिकले मात्र कृषि क्षेत्रको रुपान्तरण नहुने हुदा सहकारीको भुमिका मुख्य रहने बताउदै कार्यक्रम प्रतीफल दिने गरी गर्न सहकारीलाई अनुरोध गर्नुभएको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ पाल्पाका सचिव भुपति पाण्डेय, रामपुर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठ, सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णकुमार अर्याल लगायतले बोल्दै गाउँको विकास र समृद्धिका लागि सहकारीले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार सुशीला रेग्मी र पत्रकार इमान सिं रानालाई संस्थाको काममा संचारमाध्यमको तर्फबाट गरेको योगदानको कदर गर्दै नगद र सम्मान पत्रले सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका कार्यवाहक प्रमुख मिरा मरासिनीलाई ढाकाको पछ्यौराले र बिशिष्ट अतिथि कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याललाई पाल्पाली ढाकाटोपीले सम्मान गरिएको छ ।

SHARE