वामीटक्सार क्षेत्र औधोगिक ग्राम : अध्यक्ष के सी

0
616

रामकृस्ण कंडेल,माघ१७ : मदाने गॉऊपालिका अध्यक्ष तथा गुल्मी जिल्लाका प्रख्यात शिक्षाप्रेमी दानबहादुर के सी ले वामीटक्सार क्षेत्रको विकासको लागि औधोगिक ग्रामको रूपमा अगाडि बढाऊन जरूरी रहेको बताऊनु भयो।

मुसिकोट महोत्सबमा प्रमुख अतिथिको मन्तब्य ब्यक्त गर्दै गॉऊपालिका अध्यक्ष दानबहादुर के सी ले ‘३०बर्ष अगाडि वामीटक्सार क्षेत्र घ्यू संकलको लागि प्रख्यात थियो भन्दै यस्ता महोत्सबमा स्थानिय बस्तु हरूको बिक्रि बितरणमा ध्यानदिन जरूरी रहेको’बताऊनु भयो।मुसिकोट वाणिज्य संघले आफ्नो स्थापनासँगै व्यवसायिक हकहितको संरक्षण, सवंद्र्धन र व्यवसाय प्रवर्द्धन एवम् मुसिकोट नगरपालिका भित्रका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएकोमा आयोजक हरूको प्रशंसा गर्नु भयो।३०बर्ष अगाडि लामोसमय आफु यसै स्थानमा रहेको महेन्द्र आदर्श मा बि को प्रधानाध्यापकको रूपमा काम गरेको संस्मरण गर्दै यस क्षेत्र लाई ‘शैक्षिक हबको’रूपमा बिकास गर्न सकिने सुझाब समेत दिनु भयो।’यहॉका जनसमुदाय हरू निकै सहयोगि रहेको र भौगोलिक अबस्था पनि राम्रो रहेकोले छिट्टै यो क्षेत्र गुल्मी जिल्लाकै नमुना स्थानिय तह हुन सक्ने’प्रमुख अतिथि के सी ले बताऊनु भयो।

कार्यक्रम लाई बिशिस्ट अतिथिको रूपमा संबोधन गर्दै नेपाल कम्युनिस्ट पार्टि (नेकपा)मुसिकोट नगर कमिटी अध्यक्ष खुमबहादुर थापाले मुसिकोट महोत्सव गुल्मीकै कृषि,पर्यटन,शिक्षा,स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरणमा जोड दिनु पर्ने बताऊनु भयो।महोत्सब भब्यताका साथ सफल बनाऊनको लागि आफु हरूले पार्टिको तर्फ बाट सक्दो सहयोग गर्ने बताऊनु भयो।

महोत्सबमा आज मुसिकोट नगरपालिका आर्थिक संयोजक प्रकाश काफ्ले,नेपाल रास्ट्रिय शिक्षक संगठनका गुल्मी अध्यक्ष ज्ञानहरि सापकोटा,मुसिकोट शिक्षा शाखा श्रोत ब्यक्ति देबिराम शर्मा,मालिका बोर्डिड०स्कुलका प्रिन्सिपल पुस्तकलाल श्रेस्ठ,सन्चारकर्मी कमल पौडेल,रामकृस्ण कंडेल,कौरब खत्री,प्रकाश घिमिरे लगायतको बिशिस्ट उपस्थिति रहेको थियो। महोत्सवको तेस्रो दिन शैक्षिक सामाग्री प्रदर्शनी मूल्याङ्कन पुरस्कार वितरण, राष्ट्रिय कलाकारहरु विमलराज क्षेत्री,श्री लाहुरे,हरी खत्री लगायतको सागींतिक प्रस्तुती रहेको छ। महोत्सवमा स्थानीय कृषिजन्य सामग्री, घरेलु तथा साना उद्योगमा उत्पादित वस्तुलगायतका स्टलहरू राखिएको छ।गुल्मी मुसिकोटको समृद्धिको आधार कृषि पर्यटन उद्योग र व्यापार भन्ने नारा सहित महोत्सब सुरु भएको छ।महोत्सब माघ२६गते सम्म चल्ने छ।

SHARE