रामपुरमा ट्राफिक नियम सचेतना कार्यक्रम

0
732

सुशीला रेग्मी माघ १७, पाल्पा :नमस्ते रामपुर यातायात प्राली पाल्पाले ट्राफिक नियम सचेतना सम्बन्धी कार्यक्रम गरेको छ । सवारी दुर्घटना हुने कारण, न्युनिकरणका उपाय, ट्राफिक नियमको पालना सम्बन्धी यातायात व्यवसायी, सवारी चालकलाई ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक पृथ्वीनारायण काफ्लेले जानकारी गराउनुभएको छ । धेरैजसो दुर्घटना सडकको कारणले हुने गरेको र साउन महिनाबाट यता हालसम्म जिल्लामा १५ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाउनु परेको प्रहरी नायव उपरिक्षक काफ्लेले बताउनुभएको छ । कार्यक्रमको सहजिकरण गर्दै काफ्लेले सचेत भएर ट्राफिक नियमको पालना गरेर सवारी चलाउन व्यवसायी तथा सवारी चालकलाई अनुरोध गर्नुभएको छ ।

नमस्ते रामपुर यातायात प्रालीका अध्यक्ष राजन पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीलाई संचालक भोजराज भट्टराईले स्वागत गर्दै रामपुरको यातायात व्यवस्थापनबारे जानकारी दिनुभएको छ । कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुरका निमिक्त प्रमुख सोमबहादुर सारु मगरले कार्यालयले गरेका कामबारे जानकारी दिदै दुर्घटना न्युनिकरण गर्न सवारी चालक, यातायात व्यवसायी, गाडीधनी, यात्रु तथा सरोकारवाला सबैले साथ र सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

सगरमाथा ईन्स्योरेन्स कम्पनी रामपुर शाखाका प्रमुख डोलराज श्रेष्ठले दुर्घटना बिमाबारे जानकारी दिदै क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी चालकलाई कडा कारबाही हुनुपर्ने बताउनुभएको छ ।

नमस्ते रामपुर यातायात प्रालीका दुर्घटना संयोजक किर्तिनाथ श्रेष्ठले सहभागीलाई धन्यवाद दिनुभएको कार्यक्रमको संचालन व्यवस्थापक भेषराज पोखरेलले गर्नुभएको हो ।

SHARE