जनताको सेवा गर्न निर्बाचित भएका हौ :मेयर सापकोटा

0
634

रामकृस्ण कंडेल
आफुहरू सत्ता सन्चालन गर्न नभई जनताको सेवा गर्न निर्बाचित भएको मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताएका छन् ।गुल्मी मुसिकोट महोत्सब लाई वामीटक्सारमा प्रमुख अतिथिको रूपमा मन्तब्य राख्दै नगरप्रमुख सापकोटाले उक्त धारणा ब्यक्त गरे।महोत्सबको दोस्रो दिनको कार्यक्रम लाई संबोधन गर्दै नगरप्रमुख सापकोटाले ुगतसाल मुसिकोट नगरपालिकाले उठाई रहेको राजस्व जम्मा जम्मी ५६लाख हो।राजस्वको बारेमा निर्णय गर्नुपूर्ब आफुहरूले ऊधोग बाणिज्य संघका प्रतिनिधि हरू संग समय समयमा छलफल गर्दै आएको दाबी गरे ।नगरप्रमुख सापकोटाले समाज बदल्न हामि सबै बदलिनु पर्छ भन्दै गुल्मी मुसिकोट बाणिज्य संघ बन्नु गौरब हो,उधोगबाणिज्य संघ प्रथम भएमा मुसिकोट नगरपालिका प्रथम हुनेछु।
महोत्सबलाई १० लाख सहयोग
कार्यक्रममा मन्तब्य राख्दै नगरप्रमुख सापकोटालेुमहोत्सब लाई दस लाख सहयोग गर्ने घोषणा गरे।
कार्यक्रमका बिशिस्ट अतिथि रूपन्देहि ब्यापार संघका अध्यक्ष यमलाल लोहनीले कार्यक्रममा शुभ कामना मन्तब्य राख्दै गुल्मीको वामीटक्सारमा आयोजित ब्यापार महोत्सबले रास्ट्रिय अन्तरास्ट्रिय क्षेत्रमा चर्चा कमाएको भन्दै समय समयमा यस्ता कार्यक्रमको आयोजना आबस्यक रहेको धारणा ब्यक्त गरे ।
मुसिकोट महोत्सबको आज दोस्रो दिन शुभकामना मन्तब्य,सॉगितिक प्रस्तुति लगायत बिबिध कार्यक्रम हरू रहेका छन।महोत्सब माघ२६सम्म सन्चालन हुनेछ।

SHARE