लुम्बिनी प्रदेश सहितका प्रदेशमाआज भारी वर्षा

0
93
फाइल फोटो

साउन २,२०८०काठमाडौं : कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा गण्डकी, लुम्बिनी, बागमती र कोशीका पहाडी भूभागका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा मंगलबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना जनाएको छ।

विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली छ। गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थान र मधेश प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

मंगलवार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

SHARE