नेकपा मुसिकोटमा २७सदस्यिय सचिबालयको टुंगो लाग्यो

0
709
फाइल फोटो

रामकृस्ण कंडेल,वामीटक्सार। माघ१४  :नेपाल कम्युनिस्ट पार्टी (नेकपा),मुसिकोट नगर कमिटिको बैठक वामीटक्सारमा सम्पन्न भएको छ।बैठकले नगर कमिटिको काम लाई ब्यबस्थित गराऊनको लागि २७सदस्यिय सचिबालय सदस्यको निर्माण गरिएको छ।वार्ड ईन्चार्ज हरू,वार्ड कमिटि अध्यक्ष हरू र नगरपलिकामा निर्बाचित वार्ड अध्यक्ष र नगर कमिटिका बरिस्ठ सदस्य हरू मध्ये बाट सचिबालयको गठन गरिएको हो।

नेकपा मुसिकोट नगर कमिटि८१ सदस्यिय रहेको छ।सचिबालयमा तिन जना नगर कमिटि सदस्य हरू क्रमश:सरस्वती घिमिरे,सत्य जि सि र दलबहादुर थापा लाई आमन्त्रित सचिबालय सदस्यमा चयन गरिएको छ। बैठकले मुसिकोट नगरपालिका भित्रका सबै वार्ड हरूमा बिकास कार्य लाई तिब्रता दिनुका साथै नेकपाको संगठन सुदृढ गर्नका लागि बिबिध निर्णय हरू गरिएको छ। बैठकमा मुसिकोट नगरपालिकाका प्रत्येक वार्ड हरू बाट वार्ड कमिटि ईन्जार्ज,अध्यक्ष र सचिब हरूले आफ्नो आफ्नो वार्ड भित्रको पार्टि अबस्था,बिकास निर्माण लगायत महत्वपूर्ण बिषयमा रिपोर्टिड०पेश गर्नु भएको बताईएको छ। बिबिध कारणबस नगर कमिटिको सदस्य पदको शपथमा छुट्नु भएका नगर कमिटि सदस्य हरू क्रमश:जित बहादुर पाठक,पूर्णभद्र गौतम,चुराबहादुर खत्री,गोबिन्द खरेल,शुसान्त अर्याल,हेमराज शर्मा, लाई नगर कमिटि ईन्चार्ज जिवन खरेल बाट नगर कमिटिको सदस्य पदको शपथ खुवाईएको थियो। बैठकमा पार्टि केन्द्रको परिपत्र नगर कमिटि अध्यक्ष खुमबहादुर थापा बाट बाचन गरीएको थियो। नगर कमिटिले गुल्मी वामीटक्सारमा आयोजित महोत्सब लाई सफल बनाऊनको लागि बिशेष आव्हान गरेको छ।आज सम्पन्न बैठकले मुसिकोट नगरपालिका भित्रका सम्पूर्ण पार्टि कार्यकर्ता हरू,नगरबासी हरू लाई माघ १५गते वामीटक्सार बजारमा आयोजित महोत्सबको ऊदघाटनको दिन स परिवार उपस्थित भई भब्य रूपमा कार्यक्रम सफल बनाऊन बिबिध निर्णय हरू समेत गरेको छ।

नेकपाले यस महोत्सब लाई हामी सबैको कार्यक्रम हो भन्ने भावनाका साथ सफल पार्नको लागि घर घरमा सन्देश पुर्याऊने निर्णय गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि जिल्ला कमिटि सचिबालय सदस्य तथा नगर ईन्चार्ज जिवन खरेल,बिशेष अतिथि मुसिकोट नगरपालिका प्रमुख शोमनाथ सापकोटा,जिल्ला कमिटि सचिबालय सदस्य हरि छन्तेल,जिल्ला कमिटि सदस्य सिता भुसाल,युबराज खरेल लगायतको उपस्थिति रहेको थियो।मुसिकोट नगर कमिटि अध्यक्ष खुमबहादुर थापाको अध्यक्षता,सचिब अग्निधर लोहनीको सन्चालन र नगर सदस्य प्रकाश काफ्लेको स्वागत मन्तब्यमा बैठक सम्पन्न भएको थियो।

SHARE