अकालमै गर्भवती–सुत्केरीको ज्यान गयो

0
187

वैशाख ३१ ,२०८० : कैलालीमा एक साताको अवधीमा दुई जना गर्भवती–सुत्केरीको ज्यान गएको छ । गौरीगंगा नगरपालिका वडा ८ कि २० वर्षीया हिरा चौधरीको गत बुधबार र सोही नगरपालिकाको वडा २ कि ३५ वर्षीया सरला तुलाधरको आज मृत्यु भएको हो ।

चौधरी र तुलाधरलाई पहिले आमा सुरक्षा कार्यक्रम लागु नभएको धनगढीको नीजि क्षेत्रको अस्पताल निसर्ग लगिएको थियो । चौधरी सेती प्रादेशिक अस्पतालमा थप उपचारका लागि गएको भए पनि तुलाधरलाई भने निसर्गबाटै घर लगिएको थियो ।

चौधरीको बच्चा पनि सामान्य अवस्थामा रहेको छ । तर तुलाधरको भने गर्भ रहेको छ महिना मात्र भएको थियो ।

सेती प्रादेशिक अस्पतालका डा। जगदीशचन्द्र विष्टले चौधरीलाई प्रेसरको समस्या भए पनि सामान्यढङ्गले बच्चा जन्मेको बताए । आमा र बच्चाको अवस्था सामान्य रहेपछि २६ गते घर पठाइएको थियो । “त्यही राति पिसाव अड्किएपछि फेरि हामी कहाँ ल्याइयो, ठिक भइरहेको थियो, २७ गते एक्कासी उल्टी भएपछि ज्यान गयो” उनले बताए ।

चौधरीलाई सेती प्रादेशिक अस्पताल जानुअघि वैशाख २० गते निसर्ग अस्ताल लगिएको थियो । यस्तै, तुलाधरलाई मुटुको समस्या भएकाले काठमाडौ गंगालाल अस्पतालमा समेत उपचार गरिएको थियो । मुटुकै समस्याले उनको ज्यान गएको निसर्ग अस्पतालका डाक्टर मिराज अन्सारीले बताए।

 

SHARE