वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन

0
90
फाइल फोटो

वैशाख ३१,२०८०म्याग्दी : स्वदेशमा रोजगारी नभएको भन्दै विदेशिनेको संख्या दिनानुदिन बढ्दो छ। अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल वैदेशिक रोजगारीको मोह छाडेर बाख्रापालनमा लागेका छन्।

विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको बरुवाल परिवार अहिले भने नविनतम शैली र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रापालनमा लागेको हो।

३० वर्षीय बरुवाललाई श्रीमती सोमित्रा र छोरा नारायणले नियमित सहयोग गर्दै आएकी छन् भने एक जनाले नियमितरूपमा प्रत्यक्ष रोजगारी पाएका छन्।​ उनका खोरमा हाल सानो र ठूलो गरी एक सय २० बाख्रा छन् । वरपर जंगल भएका कारण चितुवाबाट बाख्रा जोगाउन एक सय ५० मिटर तारबारले खोरलाई घेरेर सुरक्षित बनाइएको छ । घाँसको दिगो व्यवस्थापनका लागि २५ रोपनी क्षेत्रफलको जग्गामा विभिन्न जातका घाँस लगाइएको छ।

बाख्राखोरमा २९ लाख खर्च भइसकेको र करिब १८।१९ लाख बाख्रा खरिद एवं सोलार जडान आदिमा खर्च भएको उनले जानकारी दिए।

सुरुमा पाँचवटा बाख्राबाट परम्परागत शैलीले बाख्रापालन सुरु गरिएको बरुवालको फार्ममा हाल बोयर क्रस, शुद्ध बोयर, सिनाल, जमुनापारी आदि जातका बाख्रा छन् । विदेशबाट फर्किएर बाख्रापालनमा लाग्दा नारायणका अघि विभिन्न प्रश्न पनि तेर्सिने गरेका छन्। दैनिक न्यूनतम एकजनाले किन विदेशको राम्रो जागिर छाडेर यस्तोमा लागेको भनेर प्रश्न गर्ने गरेको उनले जानकारी दिए।

स्वदेशमा नै केही गर्न सकिन्छ कि भनेर विदेशको जागिर छाडेर फर्किएको अनुभव सुनाउँदै उनले जागिरको खोजीमा विदेशिएका युवाका लागि यहाँ नै केही गर्न सकिन्छ भन्ने उदाहरण बन्न चाहेको बताए।

नारायणका बुवा धनबहादुरका पनि जीवनका विभिन्न भोगाइ र अनुभव छन् । हाल ५२ वर्ष उमेर पुगेका धनबहादुर २०४६ सालदेखि व्यापार व्यवसायमा लाग्नुभयो । किराना पसलसँगै होटल व्यवसायसमेत सञ्चालन गरेका उहाँले झण्डै १५।१६ वर्ष सामान ढुवानीका लागि खच्चडसमेत पाल्नुभयो । बाह्र–तेह्र वर्षअघिसम्म खच्चड पालेको र छ वर्षसम्म इराकमा वैदेशिक रोजगारका लागि पनि गएको उनको अनुभव छ ।

SHARE