मुसिकोटमा फोहोर प्रशोधन केन्द्र बन्दै

0
549

रामकृस्ण कंडेल,वामीटक्सार।
माघ१२:
मुसिकोट नगरपालिकाको वार्डनं ७मा फोहोर प्रशोधन केन्द्रको निर्माण कार्यमा तिब्रता दिएको छ।
नगरपालिकाको फोहर लाई मोहरमा परिबर्तन गर्ने लक्ष्यका साथ फोहर प्रशोधन केन्द्रको स्थापना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।नगरपालिका भित्रको फोहर बस्तु लाई बिभिन्न स्थान बाट जम्मागरी सोहि प्रशोधन केन्द्रमा ल्याईने छ साथै फोहर बस्तु लाई बर्गिकरण गरिने छ।
कुहिने र नकुहिने बस्तु हरू लाई छुट्टा छुट्टै स्थानमा राख्ने र कुहिने बस्तु हरू बाट प्रांगारिक मल बनाईने छ भने नकुहिने बस्तु हरू लाई राम्रो संग ब्यबस्थापन गरी बिक्रि हुने स्थान हरूमा पठाईने मुसिकोट नगरपालिका नगरप्रमुख सोमनाथ सापकोटाले बताए । मेयर सापकोटाका अनुसार नगरपालिकाको आफ्नो डम्पिड०साईड नहुँदा यस कार्यका लागि करिब दस रोपनी जग्गा दस बर्षको लागि बार्षिक प्रति रोपनी सात हजारको दरमा भाडामा लिईएको छ ।मेयर सापकोटाका अनुसार ुतत्काल प्रयोगमा आऊनेगरी प्रशोधन केन्द्रको निर्माण कार्य अगाडि बढाईएको छ। सापकोटाका अनुसार वस्थापन र विसर्जनबारे सचेतना प्रदान गरिने छ भने घर,सडक तथा आसपासमा गरिएको अव्यवस्थित कार्यलाई रोक्न प्रेरित गरिने छ।नगर क्षेत्रको सरसफाई गर्नु सम्पूर्ण नगरवासीको सामुहिक दायित्व भएकोले यही जागरण नगरवासीमा जगाउन आफू हरू लागिपरेको बताऊनु भयो।मेयर सापकोटाले आफ्नो घर पसल वरपर, छरछिमेक र सार्वजनिक स्थानको सरसफाई सबैको सामुहिक प्रयासले मात्र पुरा हुने बताए ।
केहि समय अगाडि नगरपालिकाको तर्फ बाट हामि हरू फोहर ब्यबस्थापन सम्बन्धी देशका अन्य स्थानीय सरकार हरूको अनुभब अध्यन गर्न बिभिन्न स्थानमा पुगी फर्केका छौ,ति अनुभब हरू लाई हाम्रो नगरपालिका भित्रको फोहर लाई नगरपालिकाको अनुकुलतमा ुमोहरमाुपरिबर्तन गर्ने उध्देश्यका साथ काम हरू अगाडि बढाईएको मुसिकोट नगरपालिका आर्थिक संयोजक प्रकाश काफ्लेले बताए ।तिब्र बजारिकरणको प्रभाबमा परेको वामीटक्सार बजारको लामो समय पहिले देखिको समस्या फोहरमैला ब्यबस्थापनको लागि नगरपालिकाको यस निर्णयले समाधान हुनेु संयोजक काफ्लेको तर्क छ।हाल सम्म प्रशोधन केन्द्रमा जग्गा सम्याऊने,वाल निर्माण,ट्रस बनाऊने,खाडल खन्ने आदि लगायतका भौतिक संरचना निर्माणका काम हरू सम्पन्न गरिएको र यस कार्यका लागि गत साल पन्द्र लाख र यस बर्ष दस लाखको काम भईरहेकोले पच्चिस लाख खर्च भईसकेको आर्थिक संयोजक काफ्लेले दाबी गरे
आफुहरूले फोहर संकलनका लागि दुई ट्याक्टर खरिद गरि सकेको र प्रत्येक हप्ताको आईतबार बजार क्षेत्रको घर हरू बाट फोहर संकलन कार्य शुरू गरिएको बन बाताबरण तथा फोहरमैला ब्यबस्थापन समिति मुनपा५(९का अध्यक्ष गोपिकृस्ण खरेलले बताए ।अध्यक्ष खरेलका अनुसार फोहर मैला ब्यबस्थापनका लागि नगरपालिकाको अनुदानमा चालिस लाख पर्ने दुई ट्याक्टर हरू ल्याई सकिएको बताए ।अध्यक्ष खरेलका अनुसार नगरपालिकाको वार्डनं५(९सम्म काम गर्ने गरी समितिको निर्माण गरिएको छ।सडकमा पानी छेप्ने काम पनि शुरू गरिएको खरेलले बताऊनु भयो।समितिको कार्य प्रगति बारे प्रस्ट पार्दै अध्यक्ष खरेलले हाल सम्म करिब ३००सदस्य हरू लाई कार्ड बितरण गरिएको छ।रातो,निलो र पहेलो।मासिक रूपमा फोहरमैला ब्यबस्थापन शुल्क स्वरूप प्रत्येक सदस्य हरूले क्रमश रातो,निलो र पहेलो कार्ड प्राप्त गरेका सदस्य हरू बाट मासिक रूपमा ५००,१००र५०उठाऊने गरिएको बताए ।

SHARE