गोरखापत्र १२३औँ वर्षमा प्रवेश

0
99

बैशाख २४,२०८०काठमाडौं :गोरखापत्र १२३ औँ वर्षमा प्रवेश गरेको छ।

 

विसं १९५८ वैशाख २४ मा गोरखापत्र प्रकाशन सुरु भएको थियो। नेपालमा पत्रकारिताको शिलान्यास मात्र नभएर सञ्चारको विकासमा पनि एउटा फड्को मार्दै गोरखापत्रले सुरु गरेको प्रकाशनले शताब्दी पार गरेको हो।

नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको भन्दै गोरखापत्रको १२३ औँ र गोरखापत्र संस्थानको ६१ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डं), प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले शुभकामना दिएका छन्।

SHARE