बजेटबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

0
94

बैशाख २३,२०८०काठमाडौं :सत्ता गठबन्धनको बैठक आज बस्दै छ। बैठक साँझ ५ बजे बालुवाटारमा बस्न लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

 

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटबारे छलफल हुने माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए। गठबन्धन दलहरु जेठ १५ गते बजेट आउनुअघि सरकारको नीति तथा कार्यक्रम र आगामी वर्षको प्राथमिकताबारे छलफलमा केन्द्रीत भएका हुन्।

केही दिनअघि गठबन्धनको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा प्रारम्भिक छलफल गरेको थियो। संघीय संसदको बजेट अधिवेशन भोलि सुरु हुँदै छ।

SHARE