ढुङ्गा लागेर एक महिलाको मृत्यु

0
182

बैशाख २१,२०८० अर्घाखाँची : ढुङ्गाले लागेर अर्घाखाँचीमा एक महिलाको मृत्यु भएको छ ।

सन्धिखर्क नगरपालिका – ७ बागमारा बस्ने कल्पना थापाको मृत्यु भएको हो ।

 

सन्धिखर्क नगरपालिका वडा –६, सुपा मन्दिर नजिकै पसलमा बसिरहेको महिलालाई माथिबाट झरेको ढुङ्गा लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

थापाले सुपादेउराली मन्दिर क्षेत्रमा पसल गर्दै आएका थिए । पसलमा बसिरहेका बेला एक्कासि माथिबाट ढुङ्गा खसेपछि थापाको मृत्यु भएको प्रहरी प्रमुख मुकुन्द रिजालले जानकारी दिए ।

SHARE