लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन

0
111

चैत १५,२०७९ रुपन्देही :बुद्ध जन्मस्थल लुम्बिनीमा भोलि बिहीबारदेखि दुई दिने राष्ट्रिय मिडिया सम्मेलन हुदैछ । नेपाल पत्रकार महासंघले आफ्नो ६८ औँ स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते दुई दिने मिडिया सम्मेलन गर्न लागेको हो ।

बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विपुल पोखरेलले सम्मेलनमा सदस्यता शुद्धीकरण, मुलुकमा देखिएको आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानुनका विषयमा बृहत बहस र छलफल गरिने जानकारी दिए ।

सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र रिसर्चरहरू समेत सहभागी हुने बताइएको छ । सम्मेलनमा देशभरीबाट २५० जना पत्रकार सहभागी हुनेछन् । सम्मेलनको सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले उदघाटन गर्ने कार्यक्रम तय भएको महासंघले जनाएको छ ।

१६ गते महासंघले स्थापना दिवसमा उपत्यका बाहिर पश्चिम नवलपरासीमा प्रभातफेरी गर्ने कार्यक्रम छ । परासीमै महासंघको आठौं बैठक र साँझ लुम्बिनीमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम समेत राखिएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।

SHARE