गुल्मेली अधिकृत समाजद्धारा रेसुङ्गा संरक्षण समितिलाई डोको वितरण

0
303

सूर्य सुनार
चैत १५,२०७९ गुल्मीः गुल्मेली अधिकृत समाजले रेसुङ्गा संरक्षण समितिलाई बातावरण मैत्री डोको वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बिच अधिकृत समाजबाट ५० वटा डोको वितरण गरिएको हो ।

रेसुङ्गा क्षेत्रमा सफा र स्वाच्छ राख्न सहयोग पुग्ने उदेश्यले डोको वितरण गरेको संस्थाका अध्यक्ष तथा नेपाल सरकारका पूर्व सचिब शंकरप्रसाद खरेलले जानकारी दिनुभयो । पछिल्लो समय विभिन्न किसिमका फोहोरले गर्दा वातावरणमा नकारात्मक असरहरु देखा परेको उहाँले बताउनुभयो । दिगो विकासको महत्वपूर्ण पाटो भनेको वातावरण संरक्षण भएको हुँदा त्यसको संरक्षणमा लागि परेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले आफू पहिले देखी अहिले सम्म निरन्तर रुपमा रेसुङ्गा क्षेत्रको विकासकोे निम्ती काम गरेको बताउनुभयो । रेसुङ्गा क्षेत्रको सिडि देखी गर्जुरामा पार्क निर्माण सम्म रेसुङ्गाको पर्यटकीय विकासमा काम गरेको बताउनुभयो । रेसुङ्गाको भ्रमण गर्दा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस क्षेत्रको बारेमा प्रशंसा गर्दा धेरै खुशी लागेको भुसालले बताउनुभयो ।  साथै आगमी दिनमा पनि रेसुङ्गाको विकास गर्न आफू तयार रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले रेसुङ्गा धार्मिक र पर्यटकीय हिसाबले धेरै महत्वभएको ठाउँ हुँदा यसको विकासको निम्ती सबै लाग्नुपर्ने बताउनुभयो ।

रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले यहाँको वातावरण सफा र स्वाच्छ राख्नुपर्छ भन्ने उदेश्यले पवित्र काम गुल्मेली अधिकृत समाजले गरेको प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, गुल्मेली अधिकृत समाजका उपाध्यक्ष दामोदर भणडरी, गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसाल लगायतको उपस्थित रहेको थियो ।

SHARE