एफसी क्लब क्यामरुनले जित्यो प्रथम कोहलपुर गोल्डकपको उपाधि

0
249

डिल्ली शाही
चैत ११,२०७९बाँके :बाँकेको कोहलपुर नगरपालिका—२ मा भएको प्रथम कोहलपुर गोल्डकपमा एफसी क्लब क्यामरुन (क्यामरुन) ले जितेको छ । शनिबार सम्पन्न फाइनल प्रतियोगितामा ब्वाईज यूनियन क्लब (काठमाण्डौं) लाई पराजित गर्दै एफसी क्लब क्यामरुन (क्यामरुन) ले प्रथम कोहलपुर गोल्डकपको उपाधि जितेको हो ।

गोल्डकप उपाधिसँगै एफसी क्लब क्यामरुन (क्यामरुन) ले नगद ७ लाख रुपैयाँ प्राप्त गरेको छ । ब्वाईज यूनियन क्लब (काठमाण्डौं) ले दोस्रो पुरस्कारमा भने ३ लाख ५० हजार रुपैयाँमा नै चित्त बुझाएको छ ।

फुटबल प्रतियोगिताको निर्धारित समयमा एफसी क्लब क्यामरुन (क्यामरुन)का ११ नम्बर जर्सीका खेलाडि रिचर्ड विल्सन र ७ नम्बर जर्सीका खेलाडि मोसेस टुमले ७७ मिनेटमा १÷१ गोल गरी (२—०) मा ब्वाईज यूनियन क्लब (काठमाण्डौं)लाई पराजित गर्दै प्रथम उपाधी हात पार्न सफल भएको हो ।

यस्तै प्रतियोगिता अवधिभरको सर्वोत्कृष्ट खेलाडी एफसी क्लब क्यामरुन (क्यामरुन) का ७ नम्बर जर्सीका खेलाडि मोसेस टुमले जितेका छन् । टुमले बेष्ट फरवार्ड घोषित हुँदै नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले म्यान अफ द म्याच क्यामरुनका मोसेस टुवालाई नगद ५ हजार हस्तान्तरण गरेका थिए ।

प्रतियोगितामा उदाउँदो खेलाडिमा रेसिङ साहारा क्लबका खेलाडि मुकेश घर्ती गुरुङ, गोल्डकप कै उत्कृष्ट खेलाडिमा रेसिङ साहारा क्लबका कप्तान हरि कठायत, बेष्ट मिड फिल्डरमा क्यामरुनका जिओ एल्डो, बेष्ट डिफेन्डरमा ब्वाईज यूनियन क्लबका मनोज श्रेष्ठ, बेष्ट किप्परमा ब्वाईज यूनियन क्लबकै मनोज परियारले जितेका छन् । उनीहरू सबैलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, नेपाली काँग्रेसका बाँकेका सभापति नारायण प्रसाद गौडेल, रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीद्धारा गोल्डकपमा प्रथम र द्धितीय भएका क्लबहरुलाई पुरस्कार तथा प्रमाणपत्रहरु वितरण गरिएको थियो । कोहलपुर नगरपालिका वडा नं. २ को १३ विगाहमा रेसिङ साहारा क्लब कोहलपुरको आयोजनामा ४ गतेदेखि संचालन गरिएको प्रतियोगितामा ८ टिमको सहभागिता थियो ।
समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले खेलकुदका माध्यमबाट बाँकेको पहिचान चिनाउन सफल भएको हार्दिक धन्यावाद दिए । कोहलपुरको १३ विगाह क्षेत्रमा रहेको यस फुटबल खेलकुद मैदानलाई स्तरउन्नतीका लागि पालिकाले बजेटको व्यवस्थापन गर्ने आचार्यले बताए ।

यस्तै रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले गोल्डकप सञ्चालनमा सहयोग पु¥याउनुभएको सम्पूर्ण मुख्य प्रायोजक, सहप्रायोजक तथा प्रायोजक, बाँकेका ८ वटै पालिका, खेलाडि, सुरक्षाकर्मी, स्वास्थ्यर्मी, सञ्चारकर्मी, रेफि, क्लबका पदाअधिकारी तथा सदस्यहरु, फिल्ड मार्सल, स्वयमसेवक लगायत आम सम्पूर्ण दर्शकहरुमा हार्दिक धन्यवाद व्यक्त गरे । आगामी दिनमा यस मैदानलाई अझै व्यवस्थित गरी गोल्डकपलाई निरन्तरता दिने विश्वास दिलाएका थिए । अहिले खेल सञ्चालन भएको दिनदेखी करिब दैनिक ५ हजार भन्दा बढि दर्शक आएको उनको दावी थियो ।

रेसिङ साहारा क्लबका अध्यक्ष सचिव नवकिरण शाहले १३ विगाह क्षेत्रको खेलकुद मैदानलाई स्तरउन्नती गर्न यहाँका सबै आम सरोकारवालाहरुमा ध्यानाकर्षण गराएका थिए ।

कोहलपुर गोल्ड कपलाई मध्यपश्चिम पानी उद्योगका सञ्चालक उदिप रेग्मी र रातो भाले कटेजका सञ्चालक टेकनाथ तिमिल्सेनाले पानीको सहयोग गरेको थियोे भने इन्टरनेटको लागि बेल्डलिंक कम्यूनिकेशन कोहलपुर शाखाले इन्टरनेटको व्यवस्थापन मिलाएको थियो ।
टेक नाथ तिमेल्सेना रातो भालेका सञ्चालक मध्यपश्चिम पानी उद्योगका सञ्चालक उदिप रेग्मी, पानीको स्पोन्सर गरेका थिए । वेल्डलिंक कम्यूनिकेशन कोहलपुर ब्राच्चले सहयोग गरेका थिए ।

SHARE