राष्ट्रपति बन्ने ठोस प्रस्ताव आएको छैनः नेता नेपाल

0
121

दिवाकर पोख्रेल
देउखुरी, फागुन ९ : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति बन्नेगरी ठोस प्रस्ताव नआएको बताउनुभएको छ ।

दाङको भालुवाङमा पत्रकारसंग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रिपति र्विाचनलाई आफ्नो पार्टीले सक्ती सन्तुलनको रुपमा लिएको भन्दै त्यसमा आफ्नो पार्टीको भूमिका खोज्नुभएको छ । उहाँले भन्नुभयो,‘ अहिले हल्ल धेर्रै कोणबाट आएपनि मलाई राष्ट्रपति बन्ने ठोस प्रस्ताव आएको छैन, हाम्रो पार्टीले पनि राष्ट्रपतिको विषयमा टुङ्गो लगाइसकेको छैन ।’

सधै त्याग गर्ने काम आफ्नो पार्टीबाट नहुने भन्दै उहाँले सञ्चार माध्यममा आएका विषय सबै साँचो हुन्छन भन्न नसकिने बताउनुभयो । पूर्व प्धानमन्त्री नेपालले राष्ट्रपतिको लागि बृहत छलफलको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न नेपाललाई प्रस्ताव गरेको विषयलाई उहाँले सबै कुरा पर्दा वाहिर ल्याउन नुहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै कुराहरु पर्दा वाहिरै ल्याउनुपर्छ भन्ने छैन, केहि कुरा पर्दाभित्रै रहन दिनुपर्छ, मैले र पार्टीले यस विषयमा निर्णय गरेको छैन ।’ अध्यक्ष नेपालले देशको हितको रक्षा गर्नुपर्ने कुरामा सबै गम्भीर हुनुपर्ने बताउँदै संविधानलाई जोगाउने कुरामा चनाखो बन्न समेत आग्रह गर्नुभयो ।

यस्तै अध्यक्ष नेपाल नेकपा एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेशको बैठकमा सहभागि हुन दाङ आउनु भएको हो । बैठकलाई शम्बोधन गर्दै नेपालले राष्ट्रियता,स्वतन्त्रता र संविधानलाई रक्षा गर्ने विषयमा सधै चनखो बन्न पार्टी कार्यर्तालाई निर्देशन समेत दिनुभयो ।

 

SHARE