हात्तीको आक्रमणबाट राधाको मृत्यु

0
109

फागुन ८,२०७९ मकवानपुर :मकवानपुरको मनहरी गाउँपालिका –४ स्थित मसिनेमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्ध महिलाको मृत्यु भएको छ ।

स्थानीय ६४ वर्षीया राधा अधिकारीको हात्तीको आक्रमणपछि उपचारको क्रममा भरतपुरस्थित मेडिकल कलेजमा सोमबार मृत्युभएको हो । बिहान करेसाबारीमा काम गरिरहेको समयमा हात्तीको आक्रमणबाट गम्भीर घाइते भएपछि उपचारका लागि उहाँलाई हेटौँडा उपमहानगरपालिका –११ स्थित चुरेहिल अस्पतालमा ल्याइएको थियो ।

उहाँको स्वास्थ्य जटिल भएपछि चितवनस्थित मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले आक्रोशित स्थानीयले मनहरी गाउँपालिका –३ स्थित लामिटारमा रहेका पर्सा राष्ट्रिय निकुञ्जको कार्यालयमा तोडफोड र गोलघरमा आगजनी गरेको जानकारी दिनुभयो ।

स्थानीयले निकुञ्जको दुई वटा मोटरसाइकल र जिपसमेत तोडफोड गरी क्षति गरेका छन् ।

SHARE