सञ्चार क्षेत्रमा सङ्घीयता नआएको पत्रकार नेताको गुनासो

0
98

दिवाकर पोख्रेल
देउखुरी, फागुन : मूलुक सङ्घीय संरचना गएपनि सञ्चार क्षेत्रमा सङ्घीयता आएको महशुस नभएको पत्रकारका नेतृत्वले गुनासो गरेका छन् ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको तेस्रो साधरणसभामा जम्मा भएका पत्रकारका नेताहरुले यस्तो गुनासो गरेका हुन । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रोशन पुरीले सञ्चार कानुनहरु निर्माणधिन अवस्थामा रहेकाले प्रदेश सरकारले सञ्चारसंग सम्बद्ध कानुन बनाउँदा पत्रकारले अपनत्व लिने खालको कानुन बनाउन आवश्यक रहेको बताउनुभयो । प्रदेश संरचनामा गएपनि सञ्चार क्षेत्रले सङघीयताको महशुस गर्न नसकेको गुनासो उहाँको थियो ।

उहाँले भन्नुभयो, ‘हामी प्रदेश संरचनामा गएका छौ,प्रदेशमा रहेको सञ्चार संरचना व्यवस्थित गर्ने सञ्चार ऐनहरु बनाउन दवाव दिने लगायतका कामह भएका छैनन,यस्का कारण पनि समस्या भएको छ ।’ कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पुरीले पत्रकारको शुद्धिकरण अभियान थालिएकोले पत्रकारीता नगर्ने पत्रकार नवन्ने दाबी समेत गर्नुभयो ।

यस्तै पूर्व केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले सञ्चार माध्यम नविकरण, प्रेसपास लगायतका कामको लागि पनि सङघीय राजधानी धाउनुपर्ने बाध्यता कायम रहेको बताउनुभयो । स्थानीय, प्रदेश सरकारले गर्न सक्ने कामलाई पनि माथिल्लो सरकारको जिम्मा लगाएर पन्छन खाजेको भन्दै उहाँले प्रदेशमा रहने सञ्चारका संरचना व्यवस्थित गर्न आवश्यक रहेको औल्याउनुभयो ।

उहाँले भन्नुभयो,‘विज्ञापन केन्द्रीय मिडियामा दिने,पत्रका मिडियासंग सम्बद्ध सबै काम काठमाण्डौबाट मात्र हुने भएपछि हामी पत्रकाले सङघीयताको महशुस कसी गर्ने ।’अबको काम प्रदेश संरचनालाई व्यवस्थितगर्दै श्रमजीवी पत्रकारको न्युुनतम पारीश्रमीक ऐनको प्रभावकारी कार्यान्वयनमा लैजान आवश्यक रहेको बताउनुभयो । प्रेस सेन्ट नेपालका केन्द्रिय अध्यक्ष विष्णु सापकोटाले पत्रकार महासंघलाई श्रमजीवी पत्रकारको साझा संस्था वनाउन आवश्यक रहेकाके बताउनुभयो । पत्रकार महासंघमा भागबण्डाको राजनीती अन्त्य गर्नुपर्ने माग उहाँको थियो ।

नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य माधव अर्यालले पत्रकार महासंघका प्रदेश शाखाले प्रदेशमा आवश्यक सञ्चार कानुन वनाउन भूमिका खेल्न आग्रह गर्दै पत्रकारलाई सङघीयताको महशुस दिलाउने गरी काम गर्न सुझाव दिनुभयो । प्रेस चौतारी नेपालकी लुम्बिनी प्रदेशकी महासचिव निरु गौतमले पत्रकार महासंघको प्रदेश समितिलाई व्यवस्थित गर्दै श्रमजीजी पत्रकारको साझा थलोको रुपमा विकास गर्नुपर्ने सुझाव दिनुभयो । साधरणसभामा लुम्बिनीप्रदेशमा रहेर पत्रकारिता गरिरनुभएका चारजना पत्रकार र उत्कृष्ठ शाखाको रुपमा अर्घाखाँची शाखालाई पुरस्कृत समेत गरिएको थियो ।

नेपाल पत्रकारमहासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका पत्रका र पत्रकारका केन्द्रिय नेताहरुको सहभागिता रहेको थियो ।

SHARE